उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको प"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष भट्ट एमाले प्रवेश

१३ कार्तिक २०७३, शनिबार ११:४५

उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष डा. जोशीले अनेरास्ववियुको शरिर तथा एमालेको हात बलियो बनेको बताए । विद्यार्थी संगठन बलियो भएमा पार्टिलाई समेत सहयोग पुग्ने बताउदै एमाले अध्यक्ष डा. जोशीले नेकपा एमाले डडेल्धुरा जिल्लामा पहिलो शक्तिका रुपमा देखिने बताए । जनताका आकांक्षाहरु अब नेकपा एमाले ले मात्रै पुरा गर्ने बताउदै अध्यक्ष डा. जोशीले एमाले नै अबको बलियो राजनैतिक विचारको पार्टी भएको बताए ।

सोही कार्यक्रममा अखिल छैटौ परित्याग गरि एमाले प्रवेश गर्नु भएका नवप्रवेशी हेमराज भट्टले डडेल्धुरा जिल्लामा विद्यार्थी आन्दोलन शशक्त रुपमा अगाडी बढ्ने बताएका छन् ।  हिजोका दिनमा अखिल छैटौँमा रहदा आफुले गरेका सुरुवाती अव एमाले निकट अनेरास्ववियुको संगठनमा बसेर पुरा गर्ने बताए । विद्यार्थीहरुका लागी यातायातमा भएको छुट लाई कार्यान्वयनमा ल्याउने, हरेक विद्यालयमा संगठन निर्माण गर्ने  र शिक्षा क्षेत्रमा भईरहेको व्यापारीकरणलाई रोक्दै सस्तो तथा सुलभ शिक्षाका लागि आफ्नो भुमिका निर्वाह गर्ने उनले बताए । व्यक्तिको बल भन्दा संगठनको बल बढी हुने भन्दै अनेरास्ववियु एक ढिक्का भएर अगाडी बढ्न सके जिल्लाका शैक्षिक मुद्धाहरुलाई विद्यार्थीहरुको हित अनुकुल उठान गर्ने उनले बताए ।

अनेरास्ववियु छैटौका जिल्ला अध्यक्ष रहेका भट्ट संगै अनेरास्ववियु छैटौँका अधिकांश कमिटीहरु नै एमाले निकट  अनेरास्ववियुमा प्रवेश भएको समेत भट्टले बताएका छन् । उनी कोटेली गाविसका स्थायी वासिन्दा हुन भने अनेरास्ववियु छैटौँमा लामो समय राज नितिमा सक्रिय रहेका थिए । एमाले प्रवेश गरे संगै उनलाई एमालेको भातृ संगठन अनेरास्ववियुमा काम गर्ने जिम्मेवारी दिईएको एमाले सचिव धन बहादुर साँउदले जानकारी दिनु भएको छ । 

कार्यक्रममा एमाले डडेल्धुराका नेताहरुका साथै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष तथा पूर्व स्ववियु सभापति एवम् एमालेका शुभेच्छुक तथा सुभचिन्तकहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’