उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको प"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष भट्ट एमाले प्रवेश

२०७३, १३ कार्तिक शनिबार ११:४५

उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष डा. जोशीले अनेरास्ववियुको शरिर तथा एमालेको हात बलियो बनेको बताए । विद्यार्थी संगठन बलियो भएमा पार्टिलाई समेत सहयोग पुग्ने बताउदै एमाले अध्यक्ष डा. जोशीले नेकपा एमाले डडेल्धुरा जिल्लामा पहिलो शक्तिका रुपमा देखिने बताए । जनताका आकांक्षाहरु अब नेकपा एमाले ले मात्रै पुरा गर्ने बताउदै अध्यक्ष डा. जोशीले एमाले नै अबको बलियो राजनैतिक विचारको पार्टी भएको बताए ।

सोही कार्यक्रममा अखिल छैटौ परित्याग गरि एमाले प्रवेश गर्नु भएका नवप्रवेशी हेमराज भट्टले डडेल्धुरा जिल्लामा विद्यार्थी आन्दोलन शशक्त रुपमा अगाडी बढ्ने बताएका छन् ।  हिजोका दिनमा अखिल छैटौँमा रहदा आफुले गरेका सुरुवाती अव एमाले निकट अनेरास्ववियुको संगठनमा बसेर पुरा गर्ने बताए । विद्यार्थीहरुका लागी यातायातमा भएको छुट लाई कार्यान्वयनमा ल्याउने, हरेक विद्यालयमा संगठन निर्माण गर्ने  र शिक्षा क्षेत्रमा भईरहेको व्यापारीकरणलाई रोक्दै सस्तो तथा सुलभ शिक्षाका लागि आफ्नो भुमिका निर्वाह गर्ने उनले बताए । व्यक्तिको बल भन्दा संगठनको बल बढी हुने भन्दै अनेरास्ववियु एक ढिक्का भएर अगाडी बढ्न सके जिल्लाका शैक्षिक मुद्धाहरुलाई विद्यार्थीहरुको हित अनुकुल उठान गर्ने उनले बताए ।

अनेरास्ववियु छैटौका जिल्ला अध्यक्ष रहेका भट्ट संगै अनेरास्ववियु छैटौँका अधिकांश कमिटीहरु नै एमाले निकट  अनेरास्ववियुमा प्रवेश भएको समेत भट्टले बताएका छन् । उनी कोटेली गाविसका स्थायी वासिन्दा हुन भने अनेरास्ववियु छैटौँमा लामो समय राज नितिमा सक्रिय रहेका थिए । एमाले प्रवेश गरे संगै उनलाई एमालेको भातृ संगठन अनेरास्ववियुमा काम गर्ने जिम्मेवारी दिईएको एमाले सचिव धन बहादुर साँउदले जानकारी दिनु भएको छ । 

कार्यक्रममा एमाले डडेल्धुराका नेताहरुका साथै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष तथा पूर्व स्ववियु सभापति एवम् एमालेका शुभेच्छुक तथा सुभचिन्तकहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ