पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोध"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जान्छन् ः सांसद जोशी

१३ कार्तिक २०७३, शनिबार १३:५०

पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
पार्टीको किल्लाको नाममा पर्वतका केही गाउँमा कांगे्रसलाई विगतदेखि नै निषेध गरिएको स्मरण गर्दै उनले पार्टीको किल्ला बनाउन लाग्नुभन्दा विकासको किल्ला बनाउन आग्रह गरे । कसैको विचारलाई निषेध गरेर कहिल्यै विकास नहुने भन्दै उनले जनतालाई अध्यारोमा राख्न चाहनेहरु कुनै न कुनै दिन समाप्त भएर जाने चेतावनी दिए ।
राजनीतिक दलहरु गलत काममा भन्दा विकास र सेवामा प्रतिष्पर्धामा आउनुपर्ने धारणा सांसद जोशीले राखेका थिए । कम्युनिष्टले लालकिल्ला उद्घोष गरेका गाउँहरु विकासका दृष्टिले पछि परेको भन्दै उनले आफुसँग विकास निर्माणको माग गर्न अन्य पार्टीका नेता कार्यकर्तालाई पनि आग्रह गरे । ‘म सांसद भएका कारण सबैको साझा ब्यक्ति हुँ, मसँग योजना माग्न अर्को पार्टीको ब्यक्ति आयो भनेर विभेद गर्दिन’ सांसद जोशीले भने ।
कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका १६ का विभिन्न पार्टी परित्याग गरेका ५५ जनालाई नेपाली कांगे्रसमा प्रवेश गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेपाली कांग्रेसको विकासबादी सोच र इमान्दारिताले कांग्रेसमा आकर्षण बढ्दै गएको बताए ।
नेपाली कांग्रेस कुश्मा नगरपालिकास्थित १६ वडा कार्य समितिका सभापति प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सिता लामिछाने, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्य शिव शर्मा अधिकारी, नेपाल शिक्षक संघ पर्वतका निबर्तमान अध्यक्ष डा.चुडामणी शर्मा, कार्यवाहक अध्यक्ष पार्वती उपाध्याय, नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति चक्रपाणी शर्मा, नयाँ शक्ति पर्वतका नेता कमल लामिछाने, नेपाली कांग्रेस कुश्मा नगरपालिका १५ का सभापति बिष्णुहरि तिवारी, १७ का सभापति टंकप्रसाद सुवेदी, टेकप्रसाद नेपाली, कविराज पौडेल, खगराज रेग्मी, युवराज पौडेललगायतले बोलेका थिए ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’