२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर खाली हुन्थ्यो- पदम गिरी

२०८१, १३ भाद्र बिहीबार ११:१०

भदौ १३, काठमाडौं । नेकपा एमालेका सांसद तथा प्रचण्ड नेतृत्वको सरकारका मन्त्री पदम गिरीले निष्पक्ष छानविन भएको थियो भने सुन तस्करी प्रकरणमा माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा विहीवार विशेष समय लिएर बोल्दै पूर्व मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हसाउने काम भइरहेको बताए ।


उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउँने र हल्का टिप्पणी गर्ने काम नगर्न आग्रह समेत गरे ।

गिरीले भने–यहाँ विपक्षी दलको नेता प्रचण्डजीले सुशासनको पाठ पढाउनुभयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर भनेर सर्बोच्च अदालतले भन्दा उहाँले उन्मुक्ति दिएको होइन रु बालुवाटारमा गठबन्धनको बैठक बोलाएर जोगाउन खोजेको होइन ? पछि प्रतिपक्षबाट हामीले र सडकबाट जनताले आवाज उठाएपछि सिआइबीलाई घरमा पठाएर बयानको औपचारिकता पूरा गरेर उन्मुक्ति दिनेले सुशासनको कुरा गर्न मिल्दैन । प्रचण्डको नेतृत्वमा सुन तस्करीमा त किर्तिमान नै कायम भएको हो । साँच्चिकै पारदर्शी र निष्पक्ष छानविन भएको थियो भने तपाईको पार्टीको हेडक्वार्टरमा कोही पनि मान्छे खाली हुने थिएनन्,सबै जेलमा हुन्थे । तर तपाईले सबैलाई उन्मुक्ति दिनुभयो ।

सांसद गिरीले प्रचण्डको पालामा सुशासनका नाममा आलोचकलाई विभिन्न केस लगाएर फसाउने र तस्करीमा संलग्न माओवादी नेता कार्यकर्तालाई जोगाउनेबाहेक सुशासनको केही काम नभएको दावी गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला