३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर खाली हुन्थ्यो- पदम गिरी

१३ भाद्र २०८१, बिहीबार ११:१०

भदौ १३, काठमाडौं । नेकपा एमालेका सांसद तथा प्रचण्ड नेतृत्वको सरकारका मन्त्री पदम गिरीले निष्पक्ष छानविन भएको थियो भने सुन तस्करी प्रकरणमा माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा विहीवार विशेष समय लिएर बोल्दै पूर्व मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हसाउने काम भइरहेको बताए ।


उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउँने र हल्का टिप्पणी गर्ने काम नगर्न आग्रह समेत गरे ।

गिरीले भने–यहाँ विपक्षी दलको नेता प्रचण्डजीले सुशासनको पाठ पढाउनुभयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर भनेर सर्बोच्च अदालतले भन्दा उहाँले उन्मुक्ति दिएको होइन रु बालुवाटारमा गठबन्धनको बैठक बोलाएर जोगाउन खोजेको होइन ? पछि प्रतिपक्षबाट हामीले र सडकबाट जनताले आवाज उठाएपछि सिआइबीलाई घरमा पठाएर बयानको औपचारिकता पूरा गरेर उन्मुक्ति दिनेले सुशासनको कुरा गर्न मिल्दैन । प्रचण्डको नेतृत्वमा सुन तस्करीमा त किर्तिमान नै कायम भएको हो । साँच्चिकै पारदर्शी र निष्पक्ष छानविन भएको थियो भने तपाईको पार्टीको हेडक्वार्टरमा कोही पनि मान्छे खाली हुने थिएनन्,सबै जेलमा हुन्थे । तर तपाईले सबैलाई उन्मुक्ति दिनुभयो ।

सांसद गिरीले प्रचण्डको पालामा सुशासनका नाममा आलोचकलाई विभिन्न केस लगाएर फसाउने र तस्करीमा संलग्न माओवादी नेता कार्यकर्तालाई जोगाउनेबाहेक सुशासनको केही काम नभएको दावी गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु