२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे लिए जानकारी

१७ भाद्र २०८१, सोमबार ०३:०५

भदौ १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताए । उनले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि उक्त संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गरे । 

सो संस्थाले झापाको दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने काठमाडौँको बुढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा नेपाल सरकारले भाडामा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ