कार्तिक १८ पर्वत ।
मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १८ पर्वत ।
मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मुलुकलाई समाजवाद उन्मुख शिक्षा आवश्यक– शिक्षामन्त्री पौडेल

१८ कार्तिक २०७३, बिहीबार १२:०५

कार्तिक १८ पर्वत ।
मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्षामन्त्री धनीराम पौडेलको भनाई थियो । शिक्षा ऐन संशोधन गरेर मात्र
प्रेस सेन्टर नेपाल पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो भनाई राखेका हुन् । मुलुकलाई समानता र न्याय दिलाउन सक्ने शिक्षाको खाँचो रहेको शिक्षामन्त्री पौडेलले बताए । तत्कालै यही राजनीतिक अवस्थामा शिक्षा प्रणालीको पूर्ण रुपान्तरण गर्न नसके पनि शिक्षा क्षेत्रको सुधार गरी समाजवाद उन्मुख शिक्षाका लागि आवश्यक पहल भने गरिएको उनको दावी छ । अस्थायी शिक्षकहरुको समस्या समाधान गर्न आफू लागि परेको शिक्षामन्त्री पौडेलले बताए । अस्थायी शिक्षकहरुको समस्या समाधान गर्न सरकार लागि परेको उनको भनाई छ । अस्थायी शिक्षकहरुलाई सेवाको अवधि हेरेर अवकाश लिन चाहनेलाई एकमुष्ट रकम दिई विदाई गर्ने र शिक्षा सेवामै बसेर काम गर्छु भन्नेहरुलाई आन्तरिक प्रतिस्पर्धा मार्फत् स्थायी बनाउने प्रकृया थालिएको शिक्षा मन्त्रीले खुलासा गरे । शिक्षामन्त्री पौडेलले शिक्षक सेवामा रहेका शिक्षकहरु राजनीतिक पार्टीमा लाग्न नहुने भन्दै यदि लागेमा बर्खास्त गरिने चेतावनी दिए ।
पत्रकार सम्मेलन लगत्तै गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री पौडेलले सरकारले छोटो समयमै धेरै जनमुखि कार्यक्रम ल्याएको उल्लेख गर्दै भने –‘सरकारले कार्यक्रम मात्र ल्याएर केही हुँदैन । यसलाई जिल्लामा रहेका पार्टी कार्यकर्ताहरुले पनि सक्रिय भई जनता सामु पुराउनु पर्छ ।’ संविधान संशोधनको विषयमा पत्रकारले राखेको जिज्ञासामा जवाफ दिदै शिक्षा मन्त्री पौडेलले सवै राजनीतिक दलहरुको सकारात्मक पहलबाट संविधान संशोधन भई चैत्र भित्र नै चुनाव हुने तवरबाट कार्य अगाडि बढेको जानकारी दिए ।
सेन्टरका पर्वत अध्यक्ष प्रनिश गिरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन उपाध्यक्ष देवराज पुरीले गरेका थिए भने स्वागत मन्तव्य राख्दै सदस्य राजु विकले पर्वतको समग्र पत्रकारिता र शैक्षिक अवस्थाबारे संक्षेपमा जानकारी गराएका थिए ।
पर्यटकीय जिल्ला पर्वत आईपुगेका शिक्षामन्त्री पौडेलले अग्ला झोलुङगे पुलहरुका अवलोकन गरे । पर्यटकीय स्थानहरुको अवलोकन भ्रमण र जिल्लाको समग्र वस्तुस्थितिबारे शिक्षामन्त्री पौडेललाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुँवर र शंकर गिरीले जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’