२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रहरी प्रमुखको ‘जिब्रो थुत्नुपर्ने’ बयानमा मन्त्री गुरुङको ‘पछुतो’

१७ भाद्र २०८१, सोमबार १२:२३

भदौ १७, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने विवादास्पद अभिव्यक्तिबाट आफूले पाठ सिकेको बताएका छन्। उनले यो कुरा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भनेका हुन्। गुरुङले संघीय प्रहरी ऐन कार्यान्वयनमा असहयोग गरेको आरोप प्रहरी प्रमुखहरूलाई लगाएका थिए।

गुरुङले राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै गर्दा प्रहरी प्रमुखहरूले विदेशीसमेत सहभागी कार्यक्रममा "राष्ट्रिय सुरक्षाको कारणले प्रहरी समायोजन हुन सक्दैन" भनेकोमा असन्तुष्टि जनाउँदै आफूले तत्काल प्रतिक्रिया जनाउनु पर्थ्यो भनेका थिए।

मन्त्री गुरुङका अनुसार, "यसले अहिले तरङ्ग पैदा गरेको छ। मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचेत गराउनु भएको छ। यसबाट मैले बोल्ने कुरामा सचेत हुनुपर्छ भन्ने पाठ सिकेको छु।" गुरुङले प्रधानमन्त्रीको सुझावलाई स्वीकार्दै अब छोटो र विचारपूर्वक बोल्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार संघीय प्रहरी ऐनको विरोध गर्ने व्यक्तिहरूको संख्या धेरै भएको दाबी गर्दै गुरुङले प्रहरी प्रमुखहरूको भूमिकामाथि प्रश्न उठाउँदै "जिब्रो थुत्नुपर्थ्यो" भनेर टिप्पणी गरेका थिए।

सञ्चार क्षेत्रमा व्यापक भ्रष्टाचार भएको पनि गुरुङले दाबी गरेका छन्, तर कसले कहाँ भ्रष्टाचार गरेको भन्ने खुलासा गरेका छैनन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङको यी अभिव्यक्तिहरूले देशभर तरङ्ग ल्याएको छ, र उनले यसबाट पाठ सिकेर अघि बढ्ने बताएका छन्।

गुरुङको यो भनाइले संघीय प्रहरी ऐन कार्यान्वयनमा आईजीपी वसन्तबहादुर कुँवरले असहयोग गरेको पुष्टि गर्ने अर्थ पनि लगाउन सकिन्छ। गुरुङले देशको सुरक्षा अंगका प्रमुखबारे दिएको अभिव्यक्तिलाई सच्याउने प्रतिबद्धता पनि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल