२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रहरी प्रमुखको ‘जिब्रो थुत्नुपर्ने’ बयानमा मन्त्री गुरुङको ‘पछुतो’

२०८१, १७ भाद्र सोमबार १२:२३

भदौ १७, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने विवादास्पद अभिव्यक्तिबाट आफूले पाठ सिकेको बताएका छन्। उनले यो कुरा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भनेका हुन्। गुरुङले संघीय प्रहरी ऐन कार्यान्वयनमा असहयोग गरेको आरोप प्रहरी प्रमुखहरूलाई लगाएका थिए।

गुरुङले राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै गर्दा प्रहरी प्रमुखहरूले विदेशीसमेत सहभागी कार्यक्रममा "राष्ट्रिय सुरक्षाको कारणले प्रहरी समायोजन हुन सक्दैन" भनेकोमा असन्तुष्टि जनाउँदै आफूले तत्काल प्रतिक्रिया जनाउनु पर्थ्यो भनेका थिए।

मन्त्री गुरुङका अनुसार, "यसले अहिले तरङ्ग पैदा गरेको छ। मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचेत गराउनु भएको छ। यसबाट मैले बोल्ने कुरामा सचेत हुनुपर्छ भन्ने पाठ सिकेको छु।" गुरुङले प्रधानमन्त्रीको सुझावलाई स्वीकार्दै अब छोटो र विचारपूर्वक बोल्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार संघीय प्रहरी ऐनको विरोध गर्ने व्यक्तिहरूको संख्या धेरै भएको दाबी गर्दै गुरुङले प्रहरी प्रमुखहरूको भूमिकामाथि प्रश्न उठाउँदै "जिब्रो थुत्नुपर्थ्यो" भनेर टिप्पणी गरेका थिए।

सञ्चार क्षेत्रमा व्यापक भ्रष्टाचार भएको पनि गुरुङले दाबी गरेका छन्, तर कसले कहाँ भ्रष्टाचार गरेको भन्ने खुलासा गरेका छैनन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङको यी अभिव्यक्तिहरूले देशभर तरङ्ग ल्याएको छ, र उनले यसबाट पाठ सिकेर अघि बढ्ने बताएका छन्।

गुरुङको यो भनाइले संघीय प्रहरी ऐन कार्यान्वयनमा आईजीपी वसन्तबहादुर कुँवरले असहयोग गरेको पुष्टि गर्ने अर्थ पनि लगाउन सकिन्छ। गुरुङले देशको सुरक्षा अंगका प्रमुखबारे दिएको अभिव्यक्तिलाई सच्याउने प्रतिबद्धता पनि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन