पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन"/>
२०८२, ९ चैत्र सोमबार
ओखलढुङ्गा - OKL

संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य – कोइराला

२०७३, १८ कार्तिक बिहीबार १२:२६


पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आज तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षलाई समेत साथमा लिएर अघि बढ्नु पर्ने भन्दै संविधान संसोधन अनिवार्य रहेको बताएका हुन् ।  

उनले भने, ‘अहिलेको संविधान पूर्ण छैन,संसोधन आवश्यक छ । त्यसैले पहिले विभिन्न क्षेत्रबाट उठिरहेका जायज मागहरुलाई समेटेर संविधान संसोधन गर्नुपर्छ,अनिमात्रै संविधान कार्यान्वयन हुन्छ,र चुनाव गर्न सकिन्छ ।’ 

कोईरालाले संविधान कार्यान्वयन पछि मात्र विधिको शासन कायम हुने भएकाले सबै दल मिलेर त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि मुलुकले गति लिने भन्दै उनले भने,– ‘अहिलेको पहिलो आवश्यकता संविधान कार्यान्वयनको हो त्यसपछि चुनाव,त्यसैले यसका लागि सबै दलले राष्ट्रप्रतिको कर्तव्य पुरा गर्नुपर्छ,मिलेर अघि बढ्नुपर्छ ।’

कोईरालाले जिल्लाको विकासका लागि ओखलढुंगाबाट निर्वाचीत सांसदहरुले खेलेको भूमिका देशमै नमुनाको रहेको भन्दै प्रशंसा समेत गरेका थिए । कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती सहित सांसदहरु यज्ञराज सुनुवार,रामहरि खतिवडा लगाएतको सहभागिता थियो । 

ट्रेकिङ एजेन्सी एशोसीयसन अफ नेपाल (टान) र फ्रेन्सीप युवाक्लवको संयुक्त आयोजनामा आज देखि ओखलढुंगाको वरुणेश्वर रामपुरमा तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह