२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनितालाई मिल्यो अमेरिकाको भिसा, बबी सिंहलाई ३ महिना थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१९ भाद्र २०८१, बुधबार ०७:५७

भदौ १९, काठमाडौँ ।  मुनाकी आमा अनिता पाण्डेले अमेरिकाको भिसा प्राप्त गरेकी छिन् । अमेरिकी दूतावासले उनलाई हिजो भिसा दिएको हो । मुना एक-दुई दिनमा अमेरिका प्रस्थान गर्ने बुझिएको छ । आमा पुगेपछि मुनाको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । अहिले उनको शव फ्यूनरल हाउसमा राखिएको छ ।

साथै आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । हिजो उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो ।

ह्यूस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरेका छन् ।

सिंहलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशले अनुमति दिइन् । सुनवाइ १० मिनेटमै सकियो ।

सिंह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सर्भिलियन्स क्यामरा फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । यसै गरी, हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा उनी पक्राउ परेका थिए । उनको कारबाट हतियार बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेश भएको छ ।

सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का