२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनितालाई मिल्यो अमेरिकाको भिसा, बबी सिंहलाई ३ महिना थुनामा राखेर अनुसन्धान गर्न अनुमति

२०८१, १९ भाद्र बुधबार ०७:५७

भदौ १९, काठमाडौँ ।  मुनाकी आमा अनिता पाण्डेले अमेरिकाको भिसा प्राप्त गरेकी छिन् । अमेरिकी दूतावासले उनलाई हिजो भिसा दिएको हो । मुना एक-दुई दिनमा अमेरिका प्रस्थान गर्ने बुझिएको छ । आमा पुगेपछि मुनाको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । अहिले उनको शव फ्यूनरल हाउसमा राखिएको छ ।

साथै आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । हिजो उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो ।

ह्यूस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरेका छन् ।

सिंहलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशले अनुमति दिइन् । सुनवाइ १० मिनेटमै सकियो ।

सिंह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सर्भिलियन्स क्यामरा फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । यसै गरी, हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा उनी पक्राउ परेका थिए । उनको कारबाट हतियार बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेश भएको छ ।

सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण