२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेत भन्छन्: सामाजिक सञ्जालले सबथोक हुने भए इजरायलमा हमासले स्टाटस बर्साउनुपर्ने हो

१९ भाद्र २०८१, बुधबार ०८:५२

भदौ १९, काठमाडौँ | नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालको प्रभाव र यसको सीमितताबारे आलोचनात्मक विचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफोलो गर्ने प्रवृत्तिको विरोध गर्दै उनले सामाजिक सञ्जालका फलोअर र स्टाटसले नेता वा प्रभावशाली व्यक्तिहरूको वास्तविक योग्यता र प्रभावको प्रतिनिधित्व नगर्ने मत राखेका हुन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “सामाजिक सञ्जालमा भएका फलोअर्सकै कारण नेता हुने भए दीपिका पादुकोण भारतकी प्रधानमन्त्री हुनुपर्ने तथा पोर्नस्टार मिया खलिफासँग वार्ता गर्न बाइडेन आउनु पर्ने हो ।”

उनी अगाडि लेख्छन्, “रुस र युक्रेन युद्धमा बम र तोप हैन स्टाटस र ट्विट बर्सन पर्ने हो । इजरायलमा हमासले स्टाटस आक्रमण गर्नुपर्ने हो । बंगलादेशमा हसिनाका वस्त्र चोर्ने हैन, उनका पोस्टमा डिसलाइक हुनपर्ने हो । भारत र पाकिस्तानको क्रिकेटमा हार्ने खेलाडीको घर तोडफोड गर्ने आफ्नै टेलिभिजन फुटाउनुको सट्टा फेसबुकमा बटन थिच्नुपर्ने हो ।”

“नेपालको कुरा गरौं, ७० करोड भन्दै गोकुल बास्कोटाको खेदो खनियो, तर उल्टो आफूले गरेको विकासे योजनाको बजेट हान्देकै हो भनेपछि शिथिल भयो यो गैरसामाजिक सञ्जाल ।  के जेपी गुप्तालाई सञ्चार मन्त्रालयबाट अदालत र अदालतबाट जेल पुर्‍याएको सामाजिक सञ्जालले हो र ? के अफ्ताव आलम जेल पुगेको तिम्रै फेसबुकले हो र ? अमेरिकामा सबैले दुई पटक राष्ट्रपति खाँदा डोनाल्ड ट्रम्प पहिलोमा सीमित भएको यही फेसबुकले हो र ?”

बस्नेतले सामाजिक सञ्जाल असामाजिक बन्दै गएकाले यसलाई कानूनी रूपमा नियमन गर्न र भाइरल बन्ने रोगले ग्रस्त व्यक्तिहरूको उपचार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का