२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छविलाल जोशीलाई हिरासतमा राख्न ७ दिनको म्याद, चेकजाँच गर्न अस्पताल लगियो

२०८१, ११ आश्विन शुक्रबार ११:०३

असोज ११, काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन भएको आरोपमा पक्राउ परेका पूर्व डिआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राख्न म्याद दिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार जोशीलाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो। काठमाडौँबाट आइतबार पक्राउ परेका जोशीलाई राति नै पोखरा ल्याइएको थियो। सोमबार अदालतले उनलाई ५ दिन थुनामा राख्न आदेश दिएको थियो, जसका क्रममा दुई दिन मात्र बयान लिइएको थियो।


जोशीले स्वास्थ्य समस्या देखाउँदै थप बयान दिन असमर्थ भएको बताएका छन्। एसपी थापाका अनुसार, जोशीलाई ब्रोंकाइटिस भएकोले औषधि सेवनपछि हिरासतमै राखिएको छ।

स्वास्थ्य अवस्था थप जाँचका लागि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। एसपी थापाले अस्पतालमा राख्ने वा फिर्ता ल्याउने निर्णय चिकित्सकको सल्लाहमा हुने बताए।

यो प्रकरणमा अनुसन्धान जारी रहँदा पूर्व डिआईजी जोशीको स्वास्थ्य स्थितिको कारणले अनुसन्धान प्रक्रिया केही ढिलो भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से