२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल

२०८१, १५ आश्विन मंगलवार ११:४६

असोज १५,  काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा आज पनि झडपको स्थिति उत्पन्न भएको छ । उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीचमा सम्मेलनमा हलमा हात हालाहाल भएको हो ।

सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन समितिले उमेर हदका लागि निर्वाचन गर्ने तयारी गरिरहेको बेला दुई पक्ष वीच विवाद भएको हो । विवादले गर्दा उमेर हद लागु गर्ने/नगर्ने टुंगो लगाउनका लागि हुने निर्वाचन सुरु हुन सकेको छैन ।

‘दुई पक्ष वीचमा हात हालाहाल, कुर्ची हानहानको स्थिति पैदा भएको छ। उमेर हद कायम गर्ने र गर्नहुँदैन भन्ने पक्षको विवाद आज पनि देखियो,’ अखिल क्रान्तिकारीका एक पूर्व पदाधिकारीले भने,‘लगभग प्रतिनिधिको विवाद टुंगिएको थियो । निर्वाचन समितिलाई प्रतिनिधिहरु टुंगाएर हस्तान्तरण गर्दा समेत मतदान सुरु हुन सकेन ।’

दुई पक्षको विवाद टुंगाउनका लागि पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सम्मेलन हलमा खटाएको छ । बस्नेतले दुई पक्षको विवाद मिलाउने प्रयास गरेपनि सम्भव हुन नसकेको क्रान्तिकारीका विद्यार्थी नेताहरुले बताएका छन् ।१० असोज देखि जारी सम्मेलन हिजो सक्ने भनिएपनि थप लम्बिएको छ । उमेर हदको विषयले विवाद भएपछि नयाँ कमिटीको निर्वाचन समेत अन्योलमा परेको छ । विवाद देखिएकाले मिलाउने प्रयत्न भइरहेको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा