गोविन्द बिश्वकर्मा/कात्तिक २१, सुर्खेत । सुर्खेतमा ९ स्थानीयय निकायको नयाँ संरचनाको अन्तिम प्रस्तावित प्रतिवेदन आयोगमा पठाईएको छ । 

एक उपमहानगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा/कात्तिक २१, सुर्खेत । सुर्खेतमा ९ स्थानीयय निकायको नयाँ संरचनाको अन्तिम प्रस्तावित प्रतिवेदन आयोगमा पठाईएको छ । 

एक उपमहानगरपाल"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरेन्द्रनगरलाई उपमहानगर बनाउन सिफारिस

२१ कार्तिक २०७३, आईतवार ०९:२३

गोविन्द बिश्वकर्मा/कात्तिक २१, सुर्खेत । सुर्खेतमा ९ स्थानीयय निकायको नयाँ संरचनाको अन्तिम प्रस्तावित प्रतिवेदन आयोगमा पठाईएको छ । 

एक उपमहानगरपालिका, ४ नगरपालिका र ४ गाउँपालिका बनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन शनिबार इमेल मार्फत आयोगमा पठाइएको छ । शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको थियो । यसको नामाकरण र केन्द्र, वडा विभाजनको सुझावसहितको प्रतिवेदन आयोगमा पेश गरिएको हो । वीरेन्द्रनगरमा सरोकारवालाहरुको सर्वपक्षिय, सर्वदलिय कार्यशाला गोष्ठीको आयोजना गरी सुझाव संकलन गरिएको थियो । 

गोष्ठीमा नेपाल मगर संघ सुर्खेतले मगर समुदायको बाहुल्यता रहेका वडाहरुलाई मगरात स्वायत्त वडा कायम गरिनुपर्ने सुझाव दिएको छ । कार्यक्रमका सहभागीले सुर्खेतलाई १ उपमहानगरपालिका, ४ नगरपालिका र ४ गाउँपालिका गरी ९ वटा स्थानीय निकायमा विभाजन हुँदा उपयुक्त हुने सुझाव दिएका थिए । पहिले ४ सय १७ वटा वडामा विभाजित सुर्खेत अव ९९ वडामा विभाजन हुने भएको छ । ९ स्थानीय निकायको नामाकरण र वडा विभाजन सर्वसम्मत भएको छ भने केन्द्र भने विकल्पसहित प्रतिवेदन पेश गरिएको छ । वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने प्रस्ताव पेश गरिएको स्थानीय विकास अधिकारी तथ प्राविधिक सहयोग समितिका संयोजक अमृत लम्सालले जानकारी दिए । 

‘नयाँ प्रस्तावित ढाँचाअनुसार साविकको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाईनुपर्छ भन्ने सुझाव सरोकारवालाबाट आएपछि नगरपालिकालाई उपमहानगरपालिकामा प्रस्ताव गरी प्रतिवेदनमा राखिएको छ’ लम्सालले बताए । छैटौं प्रदेशमा एउटा पनि उपमहानगरपालिका नभएको भन्दै उपमहानगरपालिका बनाउन उपर्युक्त र स्रोत, साधनले सम्पन्न नगरपालिका भएकाले उक्त सिफारिस गरिएको हो । 

अन्तिम संरचनालाई मुर्त रुप दिन जिल्ला विकास समिति सुर्खेत तथा संख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समिति सुर्खेतले शुक्रबार अन्तिम कार्यशाला गोष्ठी सम्पन्न गरेको थियो । आएका सुझावलाई समेट्दै वीरेन्द्रनगर नपालाई उपमहानगरपालिकाको सम्भावना रहेकोले प्रस्ताव गरिएको हो । वीरेन्द्रनगरलाई उपमहानगरपालीका बनाउनका लागी मापदण्ड करिव पुग्ने भएकाले प्रस्ताव गरिएको संयोजक तथा स्थानीय विकास अधिकारी लम्सालले जानकारी दिए । 

जनसंख्याका हिसाबले उपमहानगरपालिका बन्नलाई करिव १ लाख ५० हजारको मापदण्ड रहेको छ । वि.स. २०६८ सालको जनगणनाअनुसार वीरेन्द्रनगरमा १ लाख १ हजार बढी जनसंख्या रहेको छ । क्षेत्रफलका हिसावमा वीरेन्द्रनगर २ सय ६० वर्षकिलोमिटर रहेको छ । 

त्यस्तै जिल्लाको बार्षिक आय १० करोड हुनुपर्ने मापदण्ड छ । वीरेन्द्रनगरको लगभग वार्षिक आय ७ करोड  पुग्ने जनाइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, खेलकुद मैदान, क्षेत्रीय अस्पताल, क्षेत्रीय स्तरका सम्पूर्ण कार्यालय समेत रहेको हुँदा यसलाई उपमहानगरपालिका बनाउनुपर्ने वीरेन्द्रनगर नगरपालिकाका योजना तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए । वीरेन्द्रनगरका साविकका लाटीकोईली र उत्तरगंगामा जनसंख्या र पूर्वाधारको बृद्धि भईरहेकाले पनि एकीकृत सम्पत्ती कर सहितको प्रतिवर्ष आय लगभग पुग्ने छ । 

गत आर्थिक बर्षमा साढे तीन करोड आय रहेको थियो । चालु आर्थिक बर्षमा करिव ७ करोड आय पुग्ने जनाइएको छ । साविकका लाटीकोईली र उत्तरगंगामा राजश्व, जनसंख्या, आयमा आदिमा बृद्धि भएकाले मापदण्ड पुरा हुने जिविस स्रोतले जनाएको छ । ब्यापार, ब्यवसाय, कृर्षि उत्पादन, वन क्षेत्र तथा भौगोलिक हिसावले मापदण्ड परा हुने देखिन्छ ।

वीरेन्द्रनगर नगरपालिकासहित अन्य गाउपालिकालाई पनि नगरपालिका बनाउन सुझाव आएका छन् । लेकबेशीं गाउपालिकालाई प्रस्तावित नगरपालिकाको लागि प्रस्ताव गरिएको छ । साटाखानी, कल्याण, दशरथपुर, नेटा र लेखफर्सा गाविसहरु मिलाएर बनाईएको यो गाउपालिकालाई पनि जनसंख्या, भुगोल, आय जस्ता मापदण्डका आधारमा नै नगरपालिका बनाउन आयोगमा सिफारिस गरिएको छ । 

जिल्ला विकास समिति सुर्खेतका कार्यक्रम अधिकृत तथा प्राविधिक सहयोग समितीका सदस्य टंकप्रकाश लामिछानेले लेकबेसीं गाउँपालिकामा हालको जनसंख्या करिव ३० हजार ३ सय रहेको जानकारी दिए । क्षेत्रफल १८७० वर्गकिलोमिटर रहेको छ । उक्त गाउँपालिका भन्दा नगरपालिका बनाउनुपर्ने सुझाव आएपछि त्यसै अनुसार सिफारिस गरिएको कार्यक्रम अधिकृत लामिछानेले जानकारी दिए । चिङ्गाड गाउपालिका र चौकुने गाउपालिकालाई बिषेश स्वायत्त क्षेत्रमा राख्न सकिने सम्भावना रहेको जिल्ला विकास समितिले जनाएको छ । 

भौगोलिक विकटता, गरिवी, अशिक्षा लगायतका कारण यी क्षेत्रलाई विषेश क्षेत्रमा राख्न सकिने बताईएको छ । कतिपय वडालाई संरक्षित स्वायत्त क्षेत्रमा राख्नुपर्ने सुझाव पनि आएका छन् । अल्पसंख्यक जातीको बसोवास भएको क्षेत्रमा जनसंख्याका हिसाबले पनि कला, संस्कृती, परम्परा तथा अस्थित्व जोगाई राख्न यस्ता क्षेत्रलाई सुंरक्षित क्षेत्रमा राख्न सकिने भएको छ । अल्पसंख्यक राजी समुदाय रहेको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न सकिने छ । सुर्खेतबासीले दिएका सुझावलाई समेटेर पुनर्संरचानाको प्रतिवेदन पठाइएको र सुझावअनुसार नै पुनर्संरचानामा जाने कार्यक्रम अधिकृत लामिछानेले बताए । नेपाल मगर संघ सुर्खेतले भने छुटै मगरात स्वायत्त वडाको माग गरेको छ । 

मगर संघले आफ्नो सघन बसोवास रहेको क्षेत्रलाई स्वायत्त वडा घोषणा हुनुपर्छ भनेर सुझाव राखेका छन् । मगर समुदायको थाकथलो, रहनसहन, भेषभुषा, भाषा, संस्कृती जस्ता पहिचान बचाईराख्नका लागी मगरात स्वायत्त वडाको माग गरिएको नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशिमगरले जानकारी दिए । संघले सुझावसहितको प्रतिवेदन प्राविधिक सहयोग समिति सुर्खेतमा पेश गरेको छ । 

संघका अनुसार चौकुने गाउपालिकामा पर्ने बेतान गाविसका ९ वटै वडा, विजौराका ३, ४, ५ र ६ लाई मगरात स्वायत्त वडा घोषणा गरिनुपर्ने माग राखेका छन् । पञ्चपुरी नगरपालिकामा पर्ने विद्यापुर गाविसका ५, ६, ७ र ८ लाई पनि मगरात वडामा नै समाबेश गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान