कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको प्रचारप्रसार आवश्यक–जनमोर्चा नेता बराल

२०७३, २३ कार्तिक मंगलवार ०५:५५

कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर बरालले समाजवादी क्रान्तिको प्रचारप्रसार गरी समाजवादको पक्षमा जनमत सृजना गर्न सकिने धारणा राखेका हुन् ।
संघीयताको विपक्षमा धारणा राख्दै आएको पार्टीका नेता बरालले नेपाल जस्तो देशमा संघीयता कुनै पनि हालतमा लागू हुन नसक्ने र यसलाई खारेज नै गर्नुपर्ने भनाई दोहो¥याए । अंगिकृत नागरिकलाई राज्यका उच्च पदमा जान पाउने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने होे भने मुलुक फिजीकरणको बाटोमा जाने चेतावनी दिदै अंगीकृतलाई अधिकार दिने कुरामा खवरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
मजदुर वर्गका महान् नेता कमरेड लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति अर्थात् समाजवादी क्रान्तिको अवसरमा जनमोर्चा पार्टीले विविधि कार्यक्रम सतवार्षिकी मनाउने भएको हो । समाजवादी क्रान्तिले ९९ वर्ष पुरा गरी १०० वर्ष प्रवेश गरेको छ । यही अवसरमा जनमोर्चा पार्टीले मुलुकभर समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसार गरी समाजवादको स्थापना गरिने बताएको छ ।
सोमबार जनमोर्चा पार्टीले सतवार्षिकी कार्यक्रमको उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष गोविन्द पौडेलले अध्यक्षता ग्रहण गरेका थिए भने कार्यक्रमको संचालन सचिव बालकृष्ण पौडेलले गरेको थिए । स्वागत मन्तव्य उपाध्यक्ष भोजराज उप्रेतीको थियो । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघ पर्वतका अध्यक्ष ईन्द्रकान्त शर्माले पार्टीका धारणाहरु राखेका थिए । लोकप्रिय सांस्कृतिक समूह रक्तिम परिवारद्धारा जनवादी गीतहरु प्रस्तुत गरिएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से