कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको प्रचारप्रसार आवश्यक–जनमोर्चा नेता बराल

२३ कार्तिक २०७३, मंगलवार ०५:५५

कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर बरालले समाजवादी क्रान्तिको प्रचारप्रसार गरी समाजवादको पक्षमा जनमत सृजना गर्न सकिने धारणा राखेका हुन् ।
संघीयताको विपक्षमा धारणा राख्दै आएको पार्टीका नेता बरालले नेपाल जस्तो देशमा संघीयता कुनै पनि हालतमा लागू हुन नसक्ने र यसलाई खारेज नै गर्नुपर्ने भनाई दोहो¥याए । अंगिकृत नागरिकलाई राज्यका उच्च पदमा जान पाउने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने होे भने मुलुक फिजीकरणको बाटोमा जाने चेतावनी दिदै अंगीकृतलाई अधिकार दिने कुरामा खवरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
मजदुर वर्गका महान् नेता कमरेड लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति अर्थात् समाजवादी क्रान्तिको अवसरमा जनमोर्चा पार्टीले विविधि कार्यक्रम सतवार्षिकी मनाउने भएको हो । समाजवादी क्रान्तिले ९९ वर्ष पुरा गरी १०० वर्ष प्रवेश गरेको छ । यही अवसरमा जनमोर्चा पार्टीले मुलुकभर समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसार गरी समाजवादको स्थापना गरिने बताएको छ ।
सोमबार जनमोर्चा पार्टीले सतवार्षिकी कार्यक्रमको उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष गोविन्द पौडेलले अध्यक्षता ग्रहण गरेका थिए भने कार्यक्रमको संचालन सचिव बालकृष्ण पौडेलले गरेको थिए । स्वागत मन्तव्य उपाध्यक्ष भोजराज उप्रेतीको थियो । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघ पर्वतका अध्यक्ष ईन्द्रकान्त शर्माले पार्टीका धारणाहरु राखेका थिए । लोकप्रिय सांस्कृतिक समूह रक्तिम परिवारद्धारा जनवादी गीतहरु प्रस्तुत गरिएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’