३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा एक महानगरसहित १७ वटा स्थानीय तह सिफारिस

२३ कार्तिक २०७३, मंगलवार १२:१४

कात्तिक २३, मोरङ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ । 

जिल्लामा रहेका राजनीतिक दलको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाउने, १० नगरपालिका र ६ गाउँपालिका बनाउनका लागि स्थानीय तह पुनः संरचना आयोगमा सिफारिस गरेको हो । मोरङका स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनः संरचना सहयोग समितिका संयोजक शोभाकर रेग्मीले सबै दलको सहमतिमा प्रविधिक सहयोग समितिले आयोगसमक्ष स्थानीय तहको पुनः संरचनाको सङ्ख्याको खाका सिफारिस गरेको जानकारी दिनुभयो । 

आयोगले मोरङमा १२ देखि १७ वटा क्लस्टर तोकेको थियो । सिफारिसअनुसार जिल्लामा थप दुईवटा नगरपालिका तोकिएको छ । जसअनुसार हाल रहेको सात नगरपालिकालाई थप गरी रतुवामाई र मिक्लाजुङ नगरपालिका समावेश छन । 

इटहरा, सिजुवा, गोविन्दपुर, झुर्किया, महादेवा तथा वरडङ्गा गाविसलाई समावेश गरेर रतुवामाई नगरपलिका र रमिते, टाँडी र मधुमल्ला गाविसलाइ समेटेर मिक्लाजुङ नगरपालिका बनाउनका लागि प्रस्ताव गरिएको छ । यसअघि स्थानीय तहमा विराटनगर महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका बनाउने गरी सङ्ख्या टुङ्गो लागेको थियो । 

समितिका अनुसार मधेसी र थारू क्लस्टर कायम गर्ने पनि प्रस्ताव गरिएको छ । २०६८ सालको जनजणनाअनुसार नौ लाख ६० हजार जनसङ्ख्या रहेको जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका र ५० गाविस रहेको छ । विराटनगरमा मात्र दुई लाख एक हजार जनसङ्ख्या रहेको छ । विराटनगरलाई महानगरपालिका बनाउन आवश्यक सङ्ख्या पु¥याउन सिमाना जोडिएका वैजनाथपुर र बुधनगर गाविसलाई समावेश गर्ने प्रस्ताव आयोगसमक्ष पेस गरिएको हो । 

महानगरपालिका बनाउन तीन लाख १५ हजार जनसङ्ख्या आवश्यक पर्ने भएपछि अन्य छिमेकी गाविस वैजनाथपुर र बुधनगरलाई समावेश गरिएको हो । दुई गाविस जोड्दा पनि हाल विराटनगरको कुल जनसङ्ख्या दुई लाख ८१ हजार पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’