कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्मा"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकाको चौमासिक कार्यक्रम सार्वजनिक

२०७३, २४ कार्तिक बुधबार ०६:५५

कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्माले चौमासिक अवधिमा कार्यालयले गरेका गतिविधिको जानकारी दिएका थिए ।
चौमासिक अवधिमा नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरी कार्यान्वयन गरेको, वार्षिक समिक्षा सम्पन्न भएको, सार्वजनिक परीक्षण गरिएको उल्लेख गरेको छ । नगरपालिका कार्यालयले सार्वजनिक गरेको सुनुवाईमा नगरपालिका भित्र विकासका योजनाहरु सुरुवात भईसकेका छैनन् । त्यसैगरी संयुक्त वडा कार्यालय मार्फत् जनतालाई सेवा पुराईएको नगरपालिकाको दावी छ ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीको उपस्थिति न्यून थियो । राजनीतिक दलका स्थानीय नगरपालिका प्रतिनिधिहरु नेपाली कांग्रेसबाट सुरेन्द्र केसी, नेकपा एमालेका रुद्र गिरी, नेकपा एमाओवादीका शंकर गिरी, जनशक्ति पार्टीबाट राजबाबु पिसीले कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।कार्यक्रममा सहभागी केही सर्वसाधारणले नगरपालिकाको कामकारवाही बारे गुनासा राखेका थिए ।

सर्वसाधारणले नगरपालिकाको सेवा प्रभावकारी नभई ढिलासुस्ती भएको, नगरपालिकाको सेवा गाउँसम्म विस्तार गरिनुपर्ने, नगरपालिकाको भवन तथा आवास निर्माणको जटिल प्रक्रियाले सर्वसधारणलाई मर्का परेको लगायतका गुनासाहरु राखेका थिए । सहभागीहरुले कार्यक्रममा न्यून सहभागीता हुनुलाई समेत आलोचना गरे ।  उक्त कार्यक्रमको अध्यक्षता नगरपालिकाको कार्यकारी अधिकृत चण्डिका पौडेलले गरेका थिए भने कार्यक्रम संचालनको जिम्मेवारी रेडियो पत्रकार रोशन तिवारीलाई दिईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह