कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्मा"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकाको चौमासिक कार्यक्रम सार्वजनिक

२४ कार्तिक २०७३, बुधबार ०६:५५

कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्माले चौमासिक अवधिमा कार्यालयले गरेका गतिविधिको जानकारी दिएका थिए ।
चौमासिक अवधिमा नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरी कार्यान्वयन गरेको, वार्षिक समिक्षा सम्पन्न भएको, सार्वजनिक परीक्षण गरिएको उल्लेख गरेको छ । नगरपालिका कार्यालयले सार्वजनिक गरेको सुनुवाईमा नगरपालिका भित्र विकासका योजनाहरु सुरुवात भईसकेका छैनन् । त्यसैगरी संयुक्त वडा कार्यालय मार्फत् जनतालाई सेवा पुराईएको नगरपालिकाको दावी छ ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीको उपस्थिति न्यून थियो । राजनीतिक दलका स्थानीय नगरपालिका प्रतिनिधिहरु नेपाली कांग्रेसबाट सुरेन्द्र केसी, नेकपा एमालेका रुद्र गिरी, नेकपा एमाओवादीका शंकर गिरी, जनशक्ति पार्टीबाट राजबाबु पिसीले कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।कार्यक्रममा सहभागी केही सर्वसाधारणले नगरपालिकाको कामकारवाही बारे गुनासा राखेका थिए ।

सर्वसाधारणले नगरपालिकाको सेवा प्रभावकारी नभई ढिलासुस्ती भएको, नगरपालिकाको सेवा गाउँसम्म विस्तार गरिनुपर्ने, नगरपालिकाको भवन तथा आवास निर्माणको जटिल प्रक्रियाले सर्वसधारणलाई मर्का परेको लगायतका गुनासाहरु राखेका थिए । सहभागीहरुले कार्यक्रममा न्यून सहभागीता हुनुलाई समेत आलोचना गरे ।  उक्त कार्यक्रमको अध्यक्षता नगरपालिकाको कार्यकारी अधिकृत चण्डिका पौडेलले गरेका थिए भने कार्यक्रम संचालनको जिम्मेवारी रेडियो पत्रकार रोशन तिवारीलाई दिईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’