कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि  देशमा कांग्रेस थप बलिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि  देशमा कांग्रेस थप बलिय"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लोकतन्त्रलाई बचाउन कांग्रेस बलियो हुन आवश्यक: नेता खनाल

२०७३, २४ कार्तिक बुधबार ०८:१९


कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि  देशमा कांग्रेस थप बलियो  बनाउन आवश्यक रहेको बताउनुभएको छ  । 

नवलपरासीको गेर्मीमा पार्र्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले देशमा जब जब अफ्ठ्¥यारो पर्दछ तब काग्रेसको आवश्यकता हुन्छ तसर्थ सुखमा भन्दा पनि दुखमा साथ दिनकालागी कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बिचार राख्नुभयो ।

राणाशासन देखी लोकतन्त्र गणतन्त्र स्थापना सम्म कागं्रेसको महत्वपुर्ण भुमीकालाई सारा बिश्वले मानेकाले बताउदै नेता खनालले भन्नुभयो त्यही प्राप्त उपलब्धीलाई संस्थागत बनाउन कागं्रेस बलियो बन्न आजको आवश्यकता हो  । 

संसदीय दलका सदस्य समेत रहनुभएका खनालले आफु यस क्षेत्रको बिकास निमार्णका काममा जनता संगै रहेको बताउदै आफुलाई बिकास निमार्णका सबै काममा खबरदारी गर्न जनतालाई आग्रह समेत गर्नुभयो  ।

सो अवसरमा नेपाली कागं्रेसका जिल्ला सचिब बिक्रम यादव  ,पिछडा वर्ग महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र मौर्य  , नेपाली  कांग्रेस क्षेत्र ५का क्षेत्रिय सभापति दिनेशमणी पटेल,  पार्टीका क्षेत्रिय सदस्य प्रेमचन्द्र कैशल लगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बिचार राख्नुभएको थियो ।  

सो अवसरमा बिभिन्न राजनितिक दल परित्याग गरी ५० जना नेपाली काग्रेसमा प्रबेश गरेको थिए  । सो अवसरमा नवप्रबेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले अबिर टिका सहित साधारण सदस्यता प्रदान गर्नुभएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह