मंसिर ३ पर्वत ।
नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो महाधिवेशनवाट केन्द्रिय कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित  विद्धान गुरुङलाई बधाई दिँदै पर्वतमा स्वागत गरिएको छ ।विहिबार कुश्मामा गुरुङलाई नेका कार्यकता तथा तरुण दलका समर्थकहरुले बाइक ¥याली सहित उनलाई नगर&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३ पर्वत ।
नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो महाधिवेशनवाट केन्द्रिय कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित  विद्धान गुरुङलाई बधाई दिँदै पर्वतमा स्वागत गरिएको छ ।विहिबार कुश्मामा गुरुङलाई नेका कार्यकता तथा तरुण दलका समर्थकहरुले बाइक ¥याली सहित उनलाई नगर&nb"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तरुणका नवनिर्वाचित कोषाध्यक्ष गुरुङलाई पर्वतमा भव्य स्वागत

२०७३, ३ मंसिर शुक्रबार ०३:१६

मंसिर ३ पर्वत ।
नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो महाधिवेशनवाट केन्द्रिय कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित  विद्धान गुरुङलाई बधाई दिँदै पर्वतमा स्वागत गरिएको छ ।विहिबार कुश्मामा गुरुङलाई नेका कार्यकता तथा तरुण दलका समर्थकहरुले बाइक ¥याली सहित उनलाई नगर  परिक्रमा गराएका थिए ।
    नेपाल तरुण दल पर्वतका पूर्व अध्यक्ष एंव केन्द्रिय पार्षद तथा नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधी समेत रहेका गुरुङको स्वागतमा काँग्रेसी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल तरुण दल जिल्ला शाखा पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले नवर्निवाचित कोषाध्यक्ष गुरुङलाई बधाई ज्ञापन गदै तरुणको अधिवेशनले पार्टीलाई थप मजवुत बनाउन सहयोग पु¥याएको      बताए  ।
    एकता नै विजयको शुत्र भएको भन्दै उनले सबै काँग्रेस मिल्नुको विकल्प नरहेको बताए ।  पार्टिमा एकले अर्कोलाई गाली, खुट्टा तान्ने र वैमन्यस्यता साँध्ने काम भएकोमा आक्रोश व्यक्त गर्दै जोशीले त्यस्तो प्रवृतिले पार्टिको अस्तित्व खतरामा पर्ने बताए । उनले सबैलाई एकता र बैचारिकताका साथ अगाडि बढ्न समेत आग्रह गरे ।
    कार्यक्रममा बोल्दै नवनिर्वाचित नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङले तरुणहरुलाई थप जिम्मेवारी बनाएर लैजाने बताए । आफु पदले तरुणदलको कोषाध्यक्ष भएपनि अन्य विचार बोकेका यूवाहरुलाई पनि संग संगै लिएर अगाडि बढ्ने बताए । तरुण कमजोर भए काँग्रेस कमजोर हुने र काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने गुरुङले बताए ।नेपाल तरुण दल पर्वतका अध्यक्ष राजमल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से