Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्थानीय निकायप्रति असहमति जनाउँदै आन्दोलन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ३, डोल्पा ।</b> निरन्तर तीन दिनको छलफलपछि ६ गाउँपालिका र दुई नगरपालिका हुनेगरी टुङ्ग्याइएको स्थानीय निकाय पुनःसंरचनाप्रति असहमति जनाउँदै आन्दोलन गरिएको छ ।&nbsp;<br></p><p>अघिल्लो संरचनाअनुसार त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत राखिएको लिकु र पहाडी गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने भन्दै बिमाकर पहाडीको संयोजकत्वमा स्थानीयवासीले बुधबार स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीयवासीले बुझाएको ज्ञापनपत्र बुधबार नै आयोगमा पठाई सकिएको स्थानीय विकास अधिकारी सागर मिश्रले बताउनुभयो । भौतिक पूर्वाधारमा २० कोठे गाविस भवन, क्याम्पस, इलाका हुलाका, प्रहरी चौकी, प्रसूति केन्द्र, पशु सेवा केन्द्र लगायतका इत्यादि सुविधा व्यवस्था भएको भन्दै छुट्टै गाउँपालिका बनाउन दबाबस्वरुप स्थानीयवासीले नाराबाजी गर्दै जिविस कार्यालयसमेत घेराउ गरेका थिए । रासस&nbsp;</p>