
काठमाडौँ | प्यूठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७ नारीकोटका शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापाको आफ्नै घरमा बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको हो ।
बिहीबार बिहान बाल्टिनको पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा बालकलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ ।