१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान संशोधन जरुरी छः अधिकारकर्मी

५ मंसिर २०७३, आईतवार १४:४६

गोविन्द बिश्वकर्मा | मंसिर ५, सुर्खेत । सुर्खेतका अधिकारकर्मीहरुले नेपालको संविधान २०७३ लाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा संविधान संसोधनको राजनितिः एक समिक्षा बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागी तथा अधिकारकर्मीहरुले संविधानमा भएका ब्यवस्था अधुरा र अस्पष्ट रहेको भन्दै संशोधनको माग गरेका हुन् । 


उपयुक्त संविधान नबन्दा कतैका बासिन्दा खुशी भएका छन् त कति नागरिक आन्दोलन गर्दै आएको सुचित गराएका उदाहरण समेत पेश गरेका छन् । दलित, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक जाती, जनजातीका लागी बनाईएको संविधान उचित नभएको अधिकारकर्मीहरुले गुनासो गरेका छन् । संविधान समग्र राष्ट्रको पक्षमा हुनुपर्ने बताउदै साझा मञ्च सुर्खेतका अध्यक्ष बसन्त बि.कले संविधान सिहदरबारमा बसेर चर्चा चलाउनेको पक्षमा भएको ठोकुवा गरेका छन् । नेपालको संविधानमा रहेका नागरिकता, सिमाङ्कन, राष्ट्रिय भाषा र मधेश आन्दोलनको बिषयलाई लिएर संविधान संशोधनको प्रस्ताव आएको हो । ब्यङ्गात्मक रुपमा नेतालाई नै जोड दिएर बि.कले भने–“ नेताले नै संविधान बनाएको हो, संसोधनको जिम्मा पनि नेतालाई नै भयो ।” ब्यवस्थापिका संसदमा रहेका ६ सय एक जना सांषद्लाई पाल्न ठिक्क रहेको नेपाल सरकारले नमुना संविधान निर्माण तर्फ ध्यान नदिएको सुर्खेतीको गुनासो रहेको छ ।

अंगिकृत नागरिक बनेको २८ बर्षपछि नेपालको प्रधानमन्त्री बन्न पाउने ब्यवस्था गरेको सुन्नमा आएको र सिमाङ्कनको बिवाद अझै कायमै रहेकाले संविधान प्रतीका भ्रम चिर्दै जनपक्षिय संविधान निर्माण गर्न सुझाव दिईएको छ । थारु कल्याणकारी समाज सुर्खेतका सचिव पवन थारुले मधेश आन्दोलन देखि लिएर सिमाङ्कनको बिषय थारुवान प्रदेशको माग राख्दै आन्दोलनमा आएका थारुहरुको नै अधिकार खोसिएको गुनासो गरेका छन् । देश बनाउने थारुको अधिकार संविधानमा सुनिश्चित नहुँदा आतंकित हुनुपर्ने अबस्था आएको बताएका छन् । संविधान संशोधनकै बिषयलाई लिएर थारु कल्याणकारी समाजले चरणबद्ध आन्दोलनको घोषणा गरिसकको जानकारी दिए । सचिव थारुले मंसिर १० गते, १७ गते र २४ गते कालो पटि बाँधेर प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिए । समानता र समाबेशीको नारा लगाएर हिडेपनि ब्यवहारमा नल्याएको आरोप समेत लगाए । उनले थारु कल्याणकारी समाजको तर्फबाट समानता र समाबेशीतालई ख्याल गर्दै सिमाङ्कनको बिषयमा हेरफेर होस् भन्ने सुझाव दिए । 

यस्तै अखण्ड पार्टीको तर्फबाट बोल्दै प्रेम खड्काले संविधान निर्माणमा संलग्न रहेका ७ दलले आफुले गरेको गल्तिलाई स्वीकार गर्नुपर्ने बताएका छन् । जनआन्दोलन २०६१/६२ देखि नै नेपालको मती बिग्रेको बताउदै खड्काले छिमेकि देशको सहयोगको आशा नगर्न सुझाव दिएका छन् । भारत नेपाल बिच भएको १२ बुदें सम्झौतालई सम्झना गर्दै उनले देश संघियतामा जानै नहुने जिकिर गरे । अंगिकृत नागरीकताको हकमा अहिलेको संविधान नै कार्यान्वयन हुने हो भने जनता नेपाली टेकेको जमिन बिदेशी हुन बेर नलाग्ने बताए । अब राष्ट्रको चाहाना नै जनपक्षिय संविधान भएकाले जनताका अधिकार सुनिश्चित हुने खालको संविधान बनाउन सबै लाग्नुपर्ने आश्यक रहेको छ । कार्यक्रमको अध्यक्षता सामाजिक सशक्तिकरण तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष उपेन्द्रबहादुर वि.कले गरेका थिए भने प्रमुख अतिथी बरिष्ठ अधिबत्ता भुषण मानन्धर रहेका थिए ।

फोटोमा: कार्यक्रममा आथित्यता ग्रहण गरेका अतिथीहरु र ब्यानर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना