२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको स्थानीय तह पुनःसंरचनाको माइन्युट मधेसी मोर्चाको कब्जामा

६ मंसिर २०७३, सोमबार ०३:४७

मङ्सिर ५, नवलपरासी । नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेख गरिएको माइन्युट मधेसी दलका प्रतिनिधिले आफ्नो नियन्त्रणमा लिएका छन् । 

स्थानीय तहको पुनःसंरचना टुङ्ग्याउन आइतबार तेस्रो पटक बसेको सर्वदलीय बैठकमा सो प्रस्तावप्रति असहमति जनाउँदै मधेस केन्दित दलका प्रतिनिधिले माइन्युट समेत आफ्नो नियन्त्रणमा लिएका हुन् । 

जिल्लाको पुरानो सात वटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ गाउँपालिकामा प्रमुख दलले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त संरचनाको विरोध गर्दै माइन्युट आफ्नो नियन्त्रणमा लिएका हुन् । 

पटकपटक मोर्चाले संविधान संशोधन गरी सीमाङ्कन टुङ्गो नभएसम्म पुनःसंरचनाप्रति असहमति जनाएको अवस्थामा पुनःसंरचनाको खाका माइन्युटमा उल्लेख गर्न खोज्दा मोर्चाले माइन्युट आफ्नो कब्जामा लिएको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुरन चौधरीले बताउनु भयो । 

संविधानको व्यवस्था अनुसार नवलपरासी जिल्लाको दाउन्ने पूर्व भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश नं ५ गरी जिल्ला विभाजन भए पनि यसको सीमाङ्कन प्रष्ट नभएकाले अहिले स्थानीय तहको पुनःसंरचना उचित नरहेको मोर्चाले दाबी गरेको छ । 

शीर्ष दलले राखेको धारणाप्रति मोर्चा , नयाँ शक्ति नेपाल, जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दललगायतले असन्तुष्टि जनाउँदै पहिला सीमाङ्कन स्पष्ट भएपछि मात्र पुनःसंरचनाको खाका बनाउन आग्रह गरेका छन् । 

भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डको आधारमा १५ वटा स्थानीय तहको प्रस्ताव गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ । नवलपरासीको जनसङ्ख्या अनुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ