२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुँदैन: यादव

६ मंसिर २०७३, सोमबार ०८:२५

मङ्सिर ६, पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् । 

सङ्घीय समाजवादी फोरम पर्साले सोमबार अयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका हुन् । 

केही वर्ग र जातलार्ई मात्र अधिकार सम्पन्न बनाएको वर्तमान संविधानलाई संशोधन गरी मधेसी, महिला, मुस्लिम, आदिवासी जनजाति, दलित र विभेदमा पारिएका सबैलाई समान अधिकार प्रदान गरे संविधान कार्यान्वयन हुने नेता यादवको दाबी थियो । 

मधेसको मुद्दालाई ओझेलमा पार्न केही दलहरुले अङ्गीकृत नागरिकताबारे भ्रम सिर्जना गरेको अध्यक्ष यादवले बतए । 

नेपालमै जन्मिएका व्यक्तिमात्र नेपालको राष्ट्र प्रमुख हुनुपर्ने आफूहरुको मान्यता रहेको प्रस्ट गर्दै नेता यादवले अङ्गीकृत नागरिकलाई अन्तरिम संविधानमा उल्लेख भएअनुसारको अधिकार दिनुपर्ने विचार ब्यक्त गरे ।

अध्यक्ष यादवले सरकारले मधेसी मोर्चासँग कुनै सल्लाह नै नगरी चारबुँदे संशोधन प्रस्तावको हल्ला फिँजाएको आरोप लगाए । ‘‘प्रचारमा आएजस्तो चारबुँदे संशोधन प्रस्तावले कुनै समस्या समाधान नगर्ने भएकाले त्यसलाई मोर्चाले स्वीकार गर्दैन’’उनले भने । 

नेता यादवले संसद्, राज्यसभादेखि गाउँपालिकासमेतलाई जनसङ्ख्याका आधारमा टुङ्ग्याउनुपर्ने विचार व्यक्त गरे । तराई मधेसको भू–भागलाई नछुट्ने गरी राज्य पुनःसंरचना हुनुपर्ने र नेता यादवले पहिचान र सामथ्र्यका आधारमा प्रान्तको सीमा निर्धारण हुनुपर्ने उनको धारणा थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ