मङ्सिर ६, काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ६, काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्तावमा सहमति जुट्न सकेन

६ मंसिर २०७३, सोमबार १५:५४


मङ्सिर ६, काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन । 

संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेतासहितको बैठकमा एमालेले राष्ट्रिय हितविपरित संविधान संशोधन हुन लागेको भन्दै असहमति जनाएको छ । 

बैठकपछि काँग्रेस नेता तथा उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा यस अघि पटकपटक एमालेसँग सकारात्मक छलफल हुँदै आएको भए पनि आजको बैठकमा एमालेका नेताले असहमति जनाएको जानकारी गराउनुभयो । 

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले राख्नुभएको वैवाहिक अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कन र भाषा आयोग संशोधनका विषयमा छलफल भएको थियो । सत्ता पक्षका तर्फबाट काँग्रेस र माओवादी केन्द्रले राखेको संशोधनको प्रस्तावलाई एमालेले नमानेपछि अब मोर्चासँग छलफल गरी संशोधन प्रस्ताव अघि बढाइने उपप्रधानमन्त्री निधिले बताउनुभयो । 

प्रमुख तीन दलबीचको छलफलपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले संविधानका कुनै पनि धाराले कसैलाई भेदभाव नगरेको भन्दै संशोधनको औचित्य नभएको धारणा राख्नुभयो । “संविधानको कार्यान्वयन र निर्वाचन नगरी संशोधनको आवश्यकता किन ?” उहाँको प्रश्न थियो । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दललाई वेवास्ता गरी संशोधन प्रस्ताव अघि बढाइए मुठभेड निम्तने उहाँको धारणा थियो । 

सरकारले अघि सारेको संशोधनको प्रस्तावमा स्वयम् मोर्चाको पनि असहति रहेकाले त्यसको औचित्य नभएको भन्दै उपाध्यक्ष रावलले भन्नुभयो, “सत्ता पक्षले राष्ट्रिय हितविपरित संविधान संशोधन प्रस्ताव अघि बढाए हामी संसद् भित्र र बाहिर विरोध गर्छौँ ।” 

माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समयमा संशोधनका विषयमा सकारात्मक देखिएको एमालेले एक्कासि परिवर्तन गरेको धारणाले आफूहरु स्तब्ध भएको बताउनुभयो । संविधानको स्वीकार्यता बढाउन र संविधानबमोजिमका निर्वाचन गर्न संशोधनको आवश्यकता रहेको बताउँदै नेता पुनले भन्नुभयो, “एमालेको निर्णय अहङ्कार र दम्भ जस्तो देखियो ।” 

संविधान संशोधनले राष्ट्रिय एकता बलियो हुने बताउँदै उहाँले सबै जनता तथा पार्टीलाई विश्वास लिन पनि संविधान संशोधनको आवश्कता रहेको जोड दिनुभयो । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री निधि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, एमालेका तर्फबाट अध्यक्ष केपीशर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, उपाध्यक्षद्वय वामदेम गौतम र रावल सहभागी हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने