मङ्सिर ८, सप्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने  बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, सप्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने  बताएका छन"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय समस्याको सम्बोधन नगरी संशोधन प्रस्ताव मान्य हुँदैन’

२०७३, ८ मंसिर बुधबार ०९:४७

मङ्सिर ८, सप्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने  बताएका छन् । 

सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– ‘जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुन्छ ।’ 

अध्यक्ष यादवले संविधान संशोधनबारे भइरहेको छलफल आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन हुने गरी संशोधन नगरिए संविधान संशोधन प्रस्ताव निरर्थक हुने दाबी गरे । 

समानुपातिक, समावेसी, सीमाङ्कन, भाषिक अधिकारलगायत पहिचानसँग सम्बन्धित राष्ट्रिय सवाललाई सहमतिका आधारमा सम्बोधन हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिदैं उनले नेपाली भाषा लादिएका कारण मातृभाषाको अस्तित्व सङ्कटमा परेकाले अब भाषिक विभेद्लाई अन्त्य गर्नुपर्ने बताए । 

अध्यक्ष यादबले देशमा बोलिने मातृभाषालाई सूचीकृत गरी त्यसको विकासका लागि राज्य गम्भीर हुनुपर्ने आवश्यकता औल्याउँदै नागरिकताको विषयमा मधेस विरोधी दलले गलत ढङ्गले परिभाषित गरी आमजनतालाई भ्रममा पार्ने षड्यन्त्र गरिरहेको आरोप लागाए । 

‘विदेशीलाई नेपाली नागरिकता दिएर राष्ट्रपति बनाउनुपर्छ भन्ने हाम्रो माग नभएको स्पस्ट पार्दै उनले भने–‘वैवाहिक सम्बन्धका आधारमा दिइने नागरिकतामा विभेद् हुनुहुँदैन र विवाह गरेर आएकी बुहारीलाई नागरिकताकै आधारमा गरिने विभेद्लाई कुनै पनि हालतमा न्यायोचित मानिदैन ।’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो