मङ्सिर ८, काठमाडौँ । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, काठमाडौँ । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अन"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदको तलव वृद्धि विरुद्ध विद्यार्थीको विरोध प्रदर्शन

२०७३, ८ मंसिर बुधबार १३:१८

मङ्सिर ८, काठमाडौँ । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्गठनले आज दिउँसो रत्नपार्कस्थित शान्तिकाटिकामा सांसदको तलवभत्ता वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उनीहरूले सांसदको वृद्धि तलब तत्काल फिर्ता गरिनुपर्ने माग राखेका छन् । 

प्रदर्शनमा ‘सांसदको वृद्धि सुविधा अविलम्ब फिर्ता गर, संविधान कार्यान्वयनमा ध्यान देउ’ ‘राष्ट्रिय सहमतिका लागि राजनीतिक दल एक हौँ’ भन्ने नारा लगाएका थिए । 

प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताउनुभयो । 

उहाँले वृद्धि तलब फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । अखिलका अध्यक्ष नविना लामाले जनताको गाँस, बासको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको भन्दै अविलम्ब वृद्धि तलव फिर्ता गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । 

वैद्य निकटका अनेरास्ववियु (क्रान्तिकारी) सहसंयोगक राम नेपाली, अखिल (छैठो)का अध्यक्ष विमल पोखरेललगायतले सांसदको तलववृद्धि नेपाल र नेपालीका हितविपरीत भएकाले फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । 

भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढङ्गले आफ्नो तलव आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध आन्दोलन थालिएको अनेरास्ववियु उपाध्यक्ष महेश बतौलाले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो