मङ्सिर ८, काठमाडौँ । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, काठमाडौँ । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अन"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदको तलव वृद्धि विरुद्ध विद्यार्थीको विरोध प्रदर्शन

८ मंसिर २०७३, बुधबार १३:१८

मङ्सिर ८, काठमाडौँ । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्गठनले आज दिउँसो रत्नपार्कस्थित शान्तिकाटिकामा सांसदको तलवभत्ता वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उनीहरूले सांसदको वृद्धि तलब तत्काल फिर्ता गरिनुपर्ने माग राखेका छन् । 

प्रदर्शनमा ‘सांसदको वृद्धि सुविधा अविलम्ब फिर्ता गर, संविधान कार्यान्वयनमा ध्यान देउ’ ‘राष्ट्रिय सहमतिका लागि राजनीतिक दल एक हौँ’ भन्ने नारा लगाएका थिए । 

प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताउनुभयो । 

उहाँले वृद्धि तलब फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । अखिलका अध्यक्ष नविना लामाले जनताको गाँस, बासको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको भन्दै अविलम्ब वृद्धि तलव फिर्ता गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । 

वैद्य निकटका अनेरास्ववियु (क्रान्तिकारी) सहसंयोगक राम नेपाली, अखिल (छैठो)का अध्यक्ष विमल पोखरेललगायतले सांसदको तलववृद्धि नेपाल र नेपालीका हितविपरीत भएकाले फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । 

भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढङ्गले आफ्नो तलव आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध आन्दोलन थालिएको अनेरास्ववियु उपाध्यक्ष महेश बतौलाले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ