मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बत"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्ण साक्षर अभियान क्लिकोटको पहिलो आवश्यकता: जिशिअ तिवारी

८ मंसिर २०७३, बुधबार १३:२३


मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बताउनु भएको छ । 

नेपाललाई सन २०२० सम्ममा पूर्ण साक्षर घोषणा गर्न नेपाल सरकारले थालेको अभियानलाई सार्थक बनाउन कालिकोटलाई कर्नालीकै पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आवश्यक रहेको बताउनु भएको हो ।

जिल्ला शिक्षा कार्यालय कालिकोटको आर्थिक बर्ष २०७३।०७४को बार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै तिवारीले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्यौ भने सरकारले शिक्षाको हरेक क्षेत्रमा गर्ने लगानीमा बृद्धि भै शिक्षा क्षेत्रको विकासमा थप बल पुग्ने भएकाले शिक्षा क्षेत्रमा जिल्लाको पहिलो सवाल साक्षर जिल्ला घोषणा अभियानलाई राख्न पर्ने बताउनु भएको छ ।

नेपाल सरकारले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न छुट्टै बजेट नछुट्याए पनि नियमित कार्यक्रम अनुसार हाल यो बर्ष अनौपचारीक शिक्षा तथा निरन्तर सिकाई तर्फ विभिन्न शिर्षकमा ३५ लाख ५० हजार बरावरको बजेट छुट्याइएको बताउदै यो अपर्याप्त श्रोतका बावजुत पनि जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न दातृ निकाय तथा संघ संस्थाको सक्रियतामा यो आव नभएपनि अर्को आवको दशै सम्म जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक रहेको तिवारीले बताउनु भएको छ । 

हाल जिल्लाका कालिका, राचुली, चिलखाया, दाहाँ, ओदानकु र गेलालाई पूर्ण साक्षर गाविस घोषणा गरिसकेको छ भने जिल्ला शिक्षा कार्यालयको वयवसाईडमा दिएको जानकारी अनुसार हाल जिल्लामा साक्षरता ६१.२७ प्रतिशत रहेको छ । जसमा पुरुषको साक्षरता ७३.३७ प्रतिशत र महिलाको साक्षरता ५१.१५ प्रतिशत रहेको छ ।

बार्षिक कार्यक्रमको सार्वजनिकीकरण गर्दै तिवारीले विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको पुँजीगत तर्फ ३ लाख ५४ हजार र चालु तर्फ  ३८ करोड २८ लाख ११ हजार बरावरको बजेट सार्वजनिकिकरण गर्नु भएको छ । 

यस्तै जिल्लामा कार्यरत शिक्षकको तभ आधारभूत तर्फ ३२ करोड २८ लाख ९२ हजार र माध्यामिक तर्फ १० करोड, ७८ लाख, ६८ हजार ५ सय बजेट रहेको जिल्ला शिक्षा अधिकारी तिवारीले बताउनु भएको छ । यो शैक्षिक सत्रबाट विद्यालय दिवा खाजाको रकम २० प्रतिशतले बढेको छ भने प्रारम्भिक बालविकास कक्षा सहजकर्ताको सेवासुविधा दोब्बरले बढेको तिवारीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’