प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौ । सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्किले संविधान कार्यान्वयन गर्न र संविधानका विषयबस्तु जनता माझ पुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौ । सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्किले संविधान कार्यान्वयन गर्न र संविधानका विषयबस्तु जनता माझ पुर्"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमसंचार सम्बन्धि प्रतिवेदन सार्वजनिक

२०७३, ९ मंसिर बिहीबार ११:३३


प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौ । सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्किले संविधान कार्यान्वयन गर्न र संविधानका विषयबस्तु जनता माझ पुर्याउन पत्रकारलाई आग्रह गर्नुभएको छ । 

सूचना तथा संचारमन्त्रालयले बिहिबार संचारग्राममा आयोजना गरेको संविधान कार्यान्वयनमा संचार माध्यमको भूमिका र आमसंचार सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले अावश्यकता अनुसार संविधान परिमार्जन गर्न संविधानमा नै व्यवस्था भएकाले विधिसम्भत अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे । मन्त्री कार्किले पत्रकारितालाई व्यवस्थित मर्यादित बनाउन लागि सबैपक्ष लाग्नुपर्ने बताउनुभयो। 

पछिल्लो समय हरेकमा नकारात्मक प्रवृत्ति मौलाउदै गएकाले यसलाई रोक्न पत्रकारको भुमिका पनि महत्वहुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो- "अहिले च्याउसरि मिडिया खुलेका छन् जसले गर्दा पत्रपत्रिकालाई जनतासँग जोडिन नसके अस्तित्व समाप्त हुन्छ ।" 

अहिले सबैसँग क्यामरा, मोवाईल जस्ता डिजिटल सामाग्रि छ तर पत्रकारले कस्ता विषयबस्तु उठान गर्छौ त्यसमा ध्यानदिनु आवश्यता छ- कार्किले भन्नुभयो । मन्त्री कार्कीले देश संघियतामा जाने तयारिमा रहेकाले जनताको सुचनाको हक गाउपालिकामा पाउन सकुन भन्ने उदेश्य अनुसार मन्त्रालयले काम अगाडि बढाएको जानकारी दिनुभयो ।

यसैविच सुचना तथा संचार मन्त्रालयका सचिव दिनेश कुमार थपपलियाले आमसंचार नीति सबैको सहमति र सर्व स्वाकार्य नीति भएको दाबी गर्नुभएको छ । उहाँले आमसंचार माध्यमलाई गुणस्तरीय , प्रतिष्पर्धी, विश्वसनीय बनाउन नीति आएको धारणा राख्नुभयो ।

आमसंचार नीति क्यावेनेटमा पेश भएको ३/४ दिनमा स्वीकृत भएकाले कार्यान्वयन गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो । पत्रकारले नीतिमा सबै विषय समेट्न नसकेको गुनासो गरेका थिए  ।

कार्यक्रममा सुचना तथा संचार सम्बन्धि उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहाल, प्रेसकाउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो