मङ्सिर ९, रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन । 

बिहिबार पत्रका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन । 

बिहिबार पत्रका"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधनका नाममा चुनावी रोटी नसेकौँ: भट्टराई

२०७३, ९ मंसिर बिहीबार ११:४३

मङ्सिर ९, रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन । 

बिहिबार पत्रकारसंग कुराकानीगर्दै उनले भने–‘सहमतिबिना हुने संशोधनले निकास निस्कदैन् ।’ 

संयोजक भट्टराईले कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने विषय ठूलो नभएको बताउँदै खस, आर्य, आदिवासी, जनजाति, मधेसी लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताए । 

कुनै दलका थोरै र धेरै सिट आउने अनुमानका आधारमा संशोधनको नाटक गर्न नहुने बताउँदै उनले भने– संशोधनको नाममा चुनावी रोटी सेक्नु हुँदैन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मिश्रित व्यवस्थापिका–संसद् हुनुपर्ने विचार व्यक्त गरे । 

प्रत्यक्ष कार्यकारी प्रमुख नहुँदासम्म देशको समस्या यस्तै रहिरहने दाबी गर्दै उनले कुनै पनि बहानामा संविधान संशोधनलाई लम्ब्याउन नहुने बताए ।

संयोजक भट्टराईले प्रदेश नं ५ टुक्र्याउने वा नटुक्र्याउने भन्ने कुरा मुख्य सवाल नहुने भन्दै थारुहरुको अधिकारका लागि नवलपरासीदेखि कैलालीसम्म नटुक्रिने गरी प्रदेश निर्माण हुनुपर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो