२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असन्तुष्टको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्छु: प्रधानमन्त्री

२०७३, ९ मंसिर बिहीबार १२:३७

मङ्सिर ९, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताउनुभएको छ । 

सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा आज शिलान्यास गर्दै उहाँले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउनु भयो । 

प्रधानमन्त्रीले संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पुनःनिर्माणलाई तीव्रताका साथ सम्पन्न, युवालाई रोजगार, किसानलाई पेन्सन, कृषि क्षेत्रमा आधुनिकीकरण लगायतका क्षेत्रमा काम गर्न निरन्तर लागिपरेको बताउनुभयो । 

नेपालको आर्थिक समृद्धि कृषिमा प्रगति नगरी सम्भव नभएको भन्दै प्रधानमन्त्री दाहालले अब देशका हरेक प्रदेशमा एक कृषि क्याम्पसको अवधारणा आफूले लिएको उल्लेख गर्नु भयो । 

सिन्धुलीका भूकम्पपीडितले राहत नपाएको गुनासो आफूसमक्ष आएको भन्दै प्रधानमन्त्री दाहालले अबको केही दिनमा नै पीडितले राहत पाउने बताउनुभयो । वास्तविक कतिपय पीडित छुटेको गुनासोको सुनुवाइ गर्नका निम्ति आफूले सम्बन्धित व्यक्तिलाई निर्देशन दिइसकेको उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री दाहाललाई सिन्धुलीका प्रमुख तीन राजनीतिक दलले सिन्धुलीमा आवश्यक विषयवस्तु समावेश गरेर माग पत्र बुझाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्रयासमा सिन्धुलीको कपिलाकोटको कोखाजोर १३ मेगावाट विद्युत् आयोजना निर्माण, ग्रामीण विद्युतीकरण, सिँचाइमा सुनकोसी मरिण डाइभर्सन, मरिण चदाँहा, कमला नदी तथा चुरे नियन्त्रण, पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माण लगायतका विषयवस्तु समावेश गरेर माग पत्र बुझाइएको थियो । 

विसं २०७३ असार ९ गते ठेक्का लागेको पुल विसं २०७६ पुस २८ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रसुवा तुत्दी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको पुलका लागि सरकारको कुल रु ४३ करोड ५० लाखको लागत रहनेछ । 

मरिण क्षेत्रका जनताले झोलुङ्गे पुल माग गरे पनि मरिणको विकासका लागि पक्की पुलको शिलान्यास गरिएको क्षेत्र नं ३ का सांसद हरिबोल गजुरेलले बताउनुभयो । उहाँले मरिणका जनता सधैँ जोखिममा रहेको बताउँदै अबको केही वर्षमा पुल निर्माण कार्य सम्पन्न भएपछि यस भेगको विकास हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो