मङ्सिर १०, पोखरा  । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । 

बिप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, पोखरा  । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । 

बिप्"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओबादीले निर्माणाधिन हाइड्रोपावर बन्द गरायो

२०७३, १० मंसिर शुक्रबार ११:२३

मङ्सिर १०, पोखरा  । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । 

बिप्लव नेतृत्वको माओवादी पश्चिम कमाण्ड कास्कीले सार्दीखोलामा निर्माणाधिन अवस्थामा रहेको ४ मेघावाटको मन्दिकिनी हाइड्रोपावर बन्द गराएको हो ।

 बिप्लव माओवादीको टोलीले शुक्रबार विभिन्न ८ बुदे मागपत्र समेटिएका पर्चा हाइड्रोपावर निर्माण स्थलमा नासेर जनताको माग सम्बोधन नगरिकन हाइड्रोपावर निर्माण कार्य अगाडी वढाए विभिन्न कारवाही अगाडी वढाउने चेतावनी दिएको छ । 

स्थानिय जनसमुदाय र बिप्लव माओवादीका कार्यकर्ताहरुको उपस्थिती गरी माओवादीले हाइड्रोपावर बन्द गराउदै बिप्लव माओवादी कास्कीका सचिवालय सदस्य परिवर्तनले जनताको माग सम्बोधन नगरी सञ्चालनमा ल्याए माओवादीले प्रतिवाद गर्ने उनले वताए ।

८ बुदे मागपत्रमा हाइड्रोपावर कम्पनीले स्थानीय स्रोत साधनको कर नतिरी प्रयोग गरेको, स्थानीय जनतालाई रोजगारमा नराखेको, स्थानीय जनता र गा.बि.स संग छलफल नगरी केन्द्रमा घुस खुलाएर प्रोजेक्ट सन्चालन गरेको , सार्दिखोला लगाएतको प्रभावित गाबिसलाई लोडसेडिङ मुक्त घोषणा र मुनाफाको २५ प्रतिशत स्थानीय जनतालाई बितरण गर्ने कुरामा लिखित सहमती नगरेको लगायतका बुंदाहरु समेटिएको बिप्लव माओवादी पश्चिम कमाण्डका इन्चार्ज सुजन बिकले जानकारी दिए ।

 मन्दकिनी हाइड्रोपावरलाई कार्वाही गर्नुको कारण हेर्नुस बुदागत रुपमा मन्दकिनी हाइड्रोपावर सार्दीखोला माथि कार्वाही किन ?

 यस्तो छ  ८ बुदे मागपत्र

१. हाईड्रोपावर सञ्चालनको लागि स्थानीय निकाय संग अनुमति नलिइ कार्य सञ्चालन गरेको ।

२. हाइड्रोपावर सञ्चालनका लागि केन्द्रबाट आवश्यक पर्ने कागजात तथा रिपोर्ट जनताको विचमा सार्वजनिक नगरेको ।

३. प्रभावित क्षेत्रका गा.वि.स., वडाका जनता संग गरेको सम्झौता कार्यान्वयन नगरेको । ४. हाईड्रो निर्माणका लागि करौडौ मुल्य पर्ने काठ, ढुङ्ग, गिटी, वालुवा भरपुर प्रयोग गरी त्यसको मुल्य वरावरको रकम गा.वि.स.लाई उपलब्ध नगराएको ।

५. प्रभावित क्षेत्रको गा.वि.स.हरु लाहाचोक, घाचोकमा सार्वजनिक जग्गालाई निजी हो भनि विजुली बत्तीको पोल गाड्ने नाममा लाखौ रुपैया वाँडफाड गरेको ।

६. स्थानिय जनतालाई रोजगार नदिएको ।

७. प्रोजेक्ट सम्बन्धि धारणा सार्वजनिक माग गर्ने व्यक्तिहरु माथि धाक धम्की दिने गरेको । ८. लोडसेडिङ मुक्त गा.वि.स. घोषणा र उत्पादन भएपछि प्राप्त मुनाफाको २५ प्रतिशत रकम जनतालाई लिखित रुपमा दिन तयार नभएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो