मङ्सिर १०, काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताउनुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताउनुभएको छ ।&"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनले राजनीतिक र सामाजिक द्वन्द्व निम्त्याउछ: ज्ञवाली

१० मंसिर २०७३, शुक्रबार ११:४४

मङ्सिर १०, काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा हो भन्नुभयो । उहाँले भन्नुभयो, “संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ, यसको मानक परिभाषा सुन्ने मन छ ।” 

ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । 

सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले गोरखापत्रले आफूलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । चौतारीका अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकारको हकहितका लागि आफ्नो सङ्गठन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थालाई सेवा उद्योगका रुपमा विकसित गर्ने तयारी भएको जानकारी दिनुभयो । 

कार्यक्रममा शाखाले रु पाँच हजार एक राशिसहितको पुरस्कार ‘द राइजिङ नेपाल’का सम्पादक परमेश्वर देवकोटालाई प्रदान गरेको थियो भने संस्थानका नवनिर्वाचित अध्यक्ष गोविन्द पोखरेललाई सम्मान गरेको थियो । शाखाका निवर्तमान अध्यक्ष अजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष नारद गौतम र चौतारीका सो शाखाका इन्चार्ज प्रकाश सिलवाल लगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो । 

गोरखापत्र चौतारीमा सुवेदी 

अधिवेशनले गोरखापत्रका अग्रज पत्रकार धातृप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा ऋतुराज सुवेदी, सचिवमा नगेन्द्र सापकोटा, कोषाध्यक्षमा अर्पणा अधिकारी तथा सदस्यमा प्रकृति अधिकारी, दीपक श्रेष्ठ र बिनु श्रेष्ठलाई चयन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ