मङ्सिर १०, काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताउनुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताउनुभएको छ ।&"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनले राजनीतिक र सामाजिक द्वन्द्व निम्त्याउछ: ज्ञवाली

२०७३, १० मंसिर शुक्रबार ११:४४

मङ्सिर १०, काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा हो भन्नुभयो । उहाँले भन्नुभयो, “संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ, यसको मानक परिभाषा सुन्ने मन छ ।” 

ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । 

सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले गोरखापत्रले आफूलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । चौतारीका अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकारको हकहितका लागि आफ्नो सङ्गठन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थालाई सेवा उद्योगका रुपमा विकसित गर्ने तयारी भएको जानकारी दिनुभयो । 

कार्यक्रममा शाखाले रु पाँच हजार एक राशिसहितको पुरस्कार ‘द राइजिङ नेपाल’का सम्पादक परमेश्वर देवकोटालाई प्रदान गरेको थियो भने संस्थानका नवनिर्वाचित अध्यक्ष गोविन्द पोखरेललाई सम्मान गरेको थियो । शाखाका निवर्तमान अध्यक्ष अजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष नारद गौतम र चौतारीका सो शाखाका इन्चार्ज प्रकाश सिलवाल लगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो । 

गोरखापत्र चौतारीमा सुवेदी 

अधिवेशनले गोरखापत्रका अग्रज पत्रकार धातृप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा ऋतुराज सुवेदी, सचिवमा नगेन्द्र सापकोटा, कोषाध्यक्षमा अर्पणा अधिकारी तथा सदस्यमा प्रकृति अधिकारी, दीपक श्रेष्ठ र बिनु श्रेष्ठलाई चयन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो