२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

११ मंसिर २०७३, शनिबार ०९:४२

मङ्सिर ११, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ(एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव (फेस्टिवल) को आज उद्घाटन गर्नुभयो । 

सिड्नीको पर्यटकीयस्थल डार्बिड. हार्बिनमा आयोजित सो महोत्सवमा अष्टे«लियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ । 

त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासका ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “तपाइँहरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो । यस तथ्यलाई मनन गरी आफ्नो मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने काममा कहिल्यैपछि नपर्नुहोला । नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धि र स्थिरतातर्फ अघि बढिरहेकाले समृद्ध नेपालको निर्माणमा सघाउन संसारभर रहेका नेपालीलाई आग्रह गर्दछु ।” 

मन्त्री डा महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा यहाँ रहेका नेपालीले पु¥याएको योगदानको सराहना गर्नुभयो । 

उक्त महोत्सवमा एनआरएनका अध्यक्ष शेष घले, तथा अष्ट्रेलियामा रहेका प्रवुद्ध नेपालीले पनि सम्बोधन गर्नु भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी गराउनु भयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ