२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्धः प्रधानमन्त्री

१२ मंसिर २०७३, आईतवार १३:२१

मङ्सिर १२, पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमाललाई जोडी संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सरकार संविधान संशोधनको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र तराईलाई एकाकार गरी संविधानलाई कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न सबै नेपालीको समर्थन सरकारलाई प्राप्त भएको जानकारी दिनुभयो । 

पतञ्जलि योगपीठ नेपालले महिला तथा बालबालिकाका लागि वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आज आयोजना गरेको विशेष योग शिविरको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै नेपालीलाई एकाकार गरी राष्ट्र निर्माणको थालनी गरेको अभियानमा मधेस, पहाड, हिमाल सबै क्षेत्रका जनताको अपार समर्थन प्राप्त भएको दाबी गर्नुभयो । 

नेपालमा आयुर्वेद उद्योग स्थापना गरी त्यसबाट भएको आम्दानी सामाजिक कार्यमा खर्च गर्ने स्वामी रामदेवको घोषणाको स्वागत गर्दै उहाँले नेपालबाटै सुरु भएको योग विद्यालाई उद्योगसँग जोडी विश्वभरी पु¥याइ नेपालीलाई गौरवान्वित बनाएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेवले योग र उद्योगको अद्भूत समायोजन गरी मानवको जीवन पद्धति र समृद्धिका लागि गर्नुभएको योगदान अविस्मरणीय छ ।” 

शिविरमा सहभागी प्रधानमन्त्री प्रचण्डलाई स्वामी रामदेवले योगबारे जानकारी दिनुका साथै योगाभ्याससमेत गराउनुभएको थियो । कार्यक्रममा आठ हजारभन्दा बढी महिला तथा बालबालिकाले योगाभ्यास गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ