मङ्सिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनका लागि काँग्रेसले सबै दलसँग छलफल गर्ने

१३ मंसिर २०७३, सोमबार १०:२०


मङ्सिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय गरेको छ । 

सिंहदरबारस्थित पार्टीको संसदीय दलमा आज बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अन्य दलसँग आवश्यक छलफल गरी संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । 

बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संशोधनको मस्यौदा प्रस्तावबारे जानकारी गराउनुभएको थियो । संशोधनको मस्यौदाका सम्बन्धमा बृहत् रुपमा छलफल भएको उक्त बैठकमा खासगरी सीमाङ्कनमा चर्काचर्की बहस भएको बैठकमा सहभागी नेताले बताएका छन् । 

सीमाङ्कनका सम्बन्धमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला झिकेर छिमेकी प्रदेशमा गाभ्ने प्रस्तावमा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताले विरोध गर्नुभएको काँग्रेस नेत्री पुष्पा भुषालले जानकारी दिनुभयो । 

नेता डा रामशसरण महतले सरकारले अन्तिम रुपको संशोधनको प्रस्ताव ल्याएपछि त्यसमाथि थप छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो । उहाँले बैठकमा अधिकांश नेताहरुले पाँच नम्बर प्रदेश टुट्न नहुने भावना व्यक्त गरेको बताउनुभयो । 

सरकारले संविधान संशोधनका लागि तयार गरेको भनिएको चारबुँदे प्रस्तावमा प्रदेशको सीमाङ्कन, राष्ट्रियसभामा प्रतिनिधित्व, वैवाहिक अङ्गीकृत नागरिकता र भाषा आयोग गठन गर्ने विषय समेटिएको काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । 

के छ चारबुँदे संशोधनमा ? 

संशोधन प्रस्तावमा प्रदेशको सीमाङ्कन विवाद मिलाउने सम्बन्धमा सङ्घीय आयोग गठन गर्ने उल्लेख छ । आयोगले प्रदेशको विवाद सम्बन्धमा विगतका प्रतिवेदनको समेत अध्ययन गरेर सराकोरवालासँग छलफल गरी प्रतिवदेन तयार गर्ने उल्लेख छ । 

त्यस्तै, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा र प्यूठानलाई झिकेर ४ र ६ नम्बर प्रदेशमा गाभ्ने उल्लेख छ । 

राष्ट्रियसभामा प्रतिनिधित्वका सवालमा सरकारले प्रत्येक प्रदेशबाट कम्तीमा तीनदेखि पाँचजना न्यूनतम् सङ्ख्या राखेर बाँकी जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने प्रस्ताव अघि सारेको छ । 

वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा सरकारले अन्तरिम संविधान, २०६३ बमोजिम नै नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्यागेपछि प्रचलित कानुनअनुसार अङ्गीकृत नेपाली नागरिकता लिन सक्नेसहितको प्रस्ताव अघि बढाएको छ । 

भाषाका सम्बन्धमा सरकारले नेपालको संविधानबमोजिम भाषा आयोग गठन गर्ने र आयोगको सिफारिसमा सरकारले निर्णय लिने प्रस्ताव अघि सारेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन