मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिकामा विपद् जोखिम न्यूनीकरण शाखा स्थापना हुँदै

१४ मंसिर २०७३, मंगलवार ०७:२६


मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा स्थापना गर्ने भएको छ । 

मुलुकका २१७ वटै नगरपालिकामा ती दुई विषयलाई सम्बोधन गर्न नगरपालिकाभित्र नयाँ शाखा स्थापना गर्न लागिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सो शाखाले ती विषयमा सेवाग्राहीलाई विस्तृत जानकारी दिन छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । चालु आवमा कम्तीमा ८० सेवा केन्द्र स्थापना गरिने बताइएको छ । 

“मानवीय तथा प्राकृतिक दुवै विपद्का जानकारी र सूचना तथा यसबाट जोगिन अपनाउनुपर्ने सावधानी, आफ्नो घर तथा समुदायलाई विपद्बाट जोगाउनका लागि तालिम जस्ता विषयका ज्ञान सो केन्द्रबाट सेवाग्राहीले प्राप्त गर्न सक्ने छन्” – सहसचिव खनालले भन्नुभयो । 

केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिसमेत मन्त्रालयले तयार गरेको छ । हाल ४३ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्छन् । सहरी क्षेत्रमा धुलो, धुवाँ, खानेपानी बिजुलीको अभाव, अस्तव्यस्त सडक, हुँदाहुँदै पनि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सराइ गर्ने प्रवृत्ति बढ्दै गएको छ । 

मन्त्रालयले सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उत्थानशील सहरी नीतिसमेत कार्यान्वयनमा ल्याउन लागेको छ । सो नीतिमा विपद् सामना गर्न स्थानीय समुदायलाई नै सक्षम बनाउन व्यवस्थापकीय र प्राविधिक पक्षमा बलियो बनाउन जोड दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ