मंसिर १४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना समितिका अध्यक्ष लक्ष्मी प्रसाद देवकोटा समक्ष ज्ञापनपत्र बुझाएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना समितिका अध्यक्ष लक्ष्मी प्रसाद देवकोटा समक्ष ज्ञापनपत्र बुझाएको छ । 

"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकी माफियालाई ५० प्रतिशत मुआब्जा घटाउन माग

२०७३, १४ मंसिर मंगलवार ०९:०१


मंसिर १४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना समितिका अध्यक्ष लक्ष्मी प्रसाद देवकोटा समक्ष ज्ञापनपत्र बुझाएको छ । 

बुढीगण्डकी जलविद्युत आयोजना समितिको कार्यालयमा आज नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद् सदस्य विरेन्द्र कुमार पोखरेललगायत अन्य सदस्यहरुले अध्यक्ष देवकोटा समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

आयोजनामा भएको अमूक राजनैतिक पार्टीको अराजनैतिक गतिविधिप्रति नयाँ शक्ति नेपालले ध्यानकर्षण गर्नुका साथै गम्भिर शंका पैदा भएको र आयोजनाले गति पाउन नसक्नु त्यसैको उपज मान्न सकिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

नयाँ शक्ति नेपालले प्रभावित इलाकामा माफियाहरुले ओगटेको जमिनको निर्धारित मूल्यमा कम्तीमा ५० प्रतिशत घटाउनुपर्ने माग राख्दै स्थानीय जनतालाई अहिले निर्धारित मूल्यमा न्यूनतम ३० प्रतिशत वृद्वि गर्नुपर्ने माग गरेको छ । 

त्यस्तै सोही इलाकामा स्थानीयवासीलाई पुर्नवास र पुर्नस्थापनाको लागि एकीकृत वस्ती निर्माणमा सर्वपक्षीय सहमती गर्नुका साथै बुढीगण्डकी आयोजनालाई एकीकृत आयोजनको रुपमा अघि बढाइनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

प्रभावित इलाकामा जग्गा वर्गीकरणमा भएको विविधता साथै जग्गा रोक्का एकै दिनमा गर्ने तर मुअब्जा वितरणमा गरिएको समयान्तरको विविधतालाई एकरुपमा दिइनुपर्ने र आयोजना संचालनर्थ कर्मचारी भर्नामा योग्यताको आधारमा प्रभावित क्षेत्रका स्थानीय जनतालाई प्राथमिकता दिइनुपर्ने नयाँ शक्ति नेपालको ठम्याई रहेको छ । 

ज्ञापनपत्र हेर्नुस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट