२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमा राजनीतिक सहमति खोज्न आग्रह

२०७३, १४ मंसिर मंगलवार ०९:४४

मङ्सिर १४, काठमाडौँ । सांसदहरुलेसंविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिनुभएको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिई उहाँहरुले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गर्नुभयो । 

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जितेन्द्रनारायण देवले सरकारलाई पहिले संशोधनको प्रस्ताव ल्याउन माग गर्नुभयो । उहाँले न्यूनतम सहमतिमा भए पनि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिँदै संशोधनले नै राजनीतिक स्थायित्व दिने बताउनुभयो । 

सांसद डा डिम्पलकुमारी झाले मधेसी जनताको भावना अनुरुप संविधान संशोधनको प्रस्ताव ल्याउन सरकारसित माग गर्दै सरकारले किन संशोधनको प्रस्ताव ल्याउन आलटाल गरिहेको छ भनी प्रश्न गर्नुभयो । 

राप्रपाका दिलनाथ गिरीले सरकारले आफ्नो पार्टीलाई संविधान संशोधनका बारेमा कुनै जानकारी नदिएको गुनासो गर्नुभयो । नेमकिपाका प्रेम सुवालले संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छैन भन्नुभयो । 

आगलागीपीडितलाई राहत माग 

नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले)का शेरधन राईले यही मङ्सिर ५ गते भोजपुर बजारमा भएको आगलागीका पीडितलाई राहत दिन सरकारसित माग गर्नुभयो । 

सो आगलागीमा परी स्थानीय आठ घर नष्ट भएको थियो भने ५३ जना प्रभावित हुन पुगेका थिए । यसबाट करिब १० रु करोडको क्षति पुगेको बताइन्छ । सांसद कार्कीले आगलागी पीडितलाई तत्काल आवास निर्माण गर्न सहुलित दरमा ऋण उपलब्ध गराउन र राहत प्रदान गर्न माग गर्नुभयो । 

सांसद राईले आगलागी भएको एक हप्ता बितिसक्दा पनि सरकारले पीडितलाई राहत पु¥याउन नसकेको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधनको बहानामा संविधानको मर्ममाथि प्रहार गर्न नमिल्ने बताउनुभयो । 

चन्दननाथ मन्दिरको मूर्तिचोर कहाँ 

सांसदले यही मङ्सिर १२ गते जुम्लाको ऐतिहासिक मन्दिर चन्दननाथ मन्दिरबाट मूर्ति चोरिएको तर हालसम्म चोर पक्राउ गर्न नसक्नु सरकारको लापरबाही भएको बताउनुभयो । सांसद गोमा कुँवरले प्रशासनको नाकमुनि नै रहेको मन्दिरबाट मूर्ति चोरी हुनु दुर्भाग्य रहेको बताउँदै सो घटनाका बारेमा छानबिन गर्न माग गर्नुभयो । 

सांसद प्रेमबहादुर सिंहले ऐतिहासिक मन्दिरबाट मूर्ति चोरी हुनु लाजमर्दाे भएको बताउँदै सरकारले यसका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी चोरलाई समात्न माग गर्नुभयो । सांसद ललितजङ्ग शाहीले सुरक्षा व्यवस्था फितलो भएका कारण चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको जनगुनासो रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ