२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमा राजनीतिक सहमति खोज्न आग्रह

१४ मंसिर २०७३, मंगलवार ०९:४४

मङ्सिर १४, काठमाडौँ । सांसदहरुलेसंविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिनुभएको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिई उहाँहरुले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गर्नुभयो । 

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जितेन्द्रनारायण देवले सरकारलाई पहिले संशोधनको प्रस्ताव ल्याउन माग गर्नुभयो । उहाँले न्यूनतम सहमतिमा भए पनि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिँदै संशोधनले नै राजनीतिक स्थायित्व दिने बताउनुभयो । 

सांसद डा डिम्पलकुमारी झाले मधेसी जनताको भावना अनुरुप संविधान संशोधनको प्रस्ताव ल्याउन सरकारसित माग गर्दै सरकारले किन संशोधनको प्रस्ताव ल्याउन आलटाल गरिहेको छ भनी प्रश्न गर्नुभयो । 

राप्रपाका दिलनाथ गिरीले सरकारले आफ्नो पार्टीलाई संविधान संशोधनका बारेमा कुनै जानकारी नदिएको गुनासो गर्नुभयो । नेमकिपाका प्रेम सुवालले संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छैन भन्नुभयो । 

आगलागीपीडितलाई राहत माग 

नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले)का शेरधन राईले यही मङ्सिर ५ गते भोजपुर बजारमा भएको आगलागीका पीडितलाई राहत दिन सरकारसित माग गर्नुभयो । 

सो आगलागीमा परी स्थानीय आठ घर नष्ट भएको थियो भने ५३ जना प्रभावित हुन पुगेका थिए । यसबाट करिब १० रु करोडको क्षति पुगेको बताइन्छ । सांसद कार्कीले आगलागी पीडितलाई तत्काल आवास निर्माण गर्न सहुलित दरमा ऋण उपलब्ध गराउन र राहत प्रदान गर्न माग गर्नुभयो । 

सांसद राईले आगलागी भएको एक हप्ता बितिसक्दा पनि सरकारले पीडितलाई राहत पु¥याउन नसकेको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधनको बहानामा संविधानको मर्ममाथि प्रहार गर्न नमिल्ने बताउनुभयो । 

चन्दननाथ मन्दिरको मूर्तिचोर कहाँ 

सांसदले यही मङ्सिर १२ गते जुम्लाको ऐतिहासिक मन्दिर चन्दननाथ मन्दिरबाट मूर्ति चोरिएको तर हालसम्म चोर पक्राउ गर्न नसक्नु सरकारको लापरबाही भएको बताउनुभयो । सांसद गोमा कुँवरले प्रशासनको नाकमुनि नै रहेको मन्दिरबाट मूर्ति चोरी हुनु दुर्भाग्य रहेको बताउँदै सो घटनाका बारेमा छानबिन गर्न माग गर्नुभयो । 

सांसद प्रेमबहादुर सिंहले ऐतिहासिक मन्दिरबाट मूर्ति चोरी हुनु लाजमर्दाे भएको बताउँदै सरकारले यसका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी चोरलाई समात्न माग गर्नुभयो । सांसद ललितजङ्ग शाहीले सुरक्षा व्यवस्था फितलो भएका कारण चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको जनगुनासो रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ