मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको  बताएका छन् । 

न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको  बताएका छन् । 

न"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छ: मन्त्री पाण्डे

२०७३, १४ मंसिर मंगलवार १३:०८

मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको  बताएका छन् । 

नेपाल भ्रमणमा रहेको चीनको साङ्सी प्रान्तका उपगभर्नर यओ यिनलियङ नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उनले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए । 

भेटका अवसरमा मन्त्री पाण्डेले २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताइएको छ । भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःनिर्माणमा चीनले गरेको सहायताप्रति आभार प्रकट गर्दै उनले नेपालको विकासक्रममा चीनको सहयोग सराहनीय रहेको बताए । 

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग अत्यन्त गहिरो सम्बन्ध रहेको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले समयमै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँग सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्रनेसक्ने बताएको थियो । 

सो अवसरमा मन्त्री पाण्डेले लुम्बिनी र साङ्सीबीच सिधा हवाई सम्पर्क भएपछि पर्यटन प्रवद्र्धन गर्न सहज हुने उल्लेख गर्दै सरकारले विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान आउन नदिने प्रतिबद्धता व्यक्त गरे । 

साङ्सी चीनमा सबैभन्दा बढी बौद्ध धर्मावलम्बी रहेको प्रान्त हो भने चीनका वर्तमान राष्ट्रपति सि जिङ पिङको गृह नगर हो । सो अवसरमा उनिहरुबीच उपहार आदानप्रदानसमेत भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो