मङ्सिर १५, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

बुधबार रिप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

बुधबार रिप"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो पार्टीमा कोही टोपबहादुर सोपबहादुरको विरोध छैन: मन्त्री नायक

२०७३, १५ मंसिर बुधबार १०:५१


मङ्सिर १५, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले साढे तीन महिना मेहनत गरेर ल्याएको प्रस्ताव हो, यो कुनै रातारात ल्याईएको प्रस्ताव होईन, यसमा कुनै सत्यता छैन् ।’

आयोजित साक्षात्कारमा मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको संशोधन प्रस्तावमा विरोध गर्ने कुनै ठाउँ नै नरहेको समेत दाबी गरे । मन्त्री नायकले थपे,‘एमालेले कुन धरातलमा उभिएर यसको विरोध गरेको छ, मलाई त आश्चर्य लागेको छ ।’

उनले काँग्रेसका तत्कालिन सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव बमोजिम नै अहिलेको सरकारले सिमांकन सम्बन्धी संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै थपे,‘कि त ओलीजीले भन्न सक्नुपर्छ, हिजो आफूले गरेको हस्ताक्षर राष्ट्रघाती थियो भनेर ? होईन भने साम्प्रादायिक नारा दिएर के फाईदा हुन्छ ?’

मन्त्री नायकले सिमांकनको विवाद समाधानको लागि संघीय आयोग बनाउने कुरा भैरहेको सन्दर्भमा यसरी साम्प्रादायिक नारा दिएर मुलुकको समस्याको समाधान हुने भन्दापनि झन समस्या बढ्ने चिन्ता व्यक्त गरे । उनले मधेशमा जबरजस्ती दौरा सुरुवाल लगाउन लगाउनेजस्ता कुरा गरेर आन्तरिक राष्ट्रिय एकता बलियो नहुने गुनासो पोखे ।

उनले संविधान संशोधन प्रस्ताव ल्याउनुभन्दा पहिले एमालेले नागरिकताको विषयमा बढि विरोध गर्ने गरेको भएपनि अहिले संशोधन प्रस्तावमा विरोधको कुनै ठाउँ नदेखेर जनता भड्काउन तराई र पहाडको कुरा गरिरहेको आरोप लगाए । उनले थपे,‘एमालेसँग अहिले विरोध गर्नको लागि अरु कुनै नारा नै छैन ।’

उनले समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि संविधानको पहिलो संशोधनको लागि एमालेले अग्रणी भूमिका खेलेको भनेर एमाले सचिव प्रदिप ज्ञवालीले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै भने,‘एमालेले त्यतिकै दिएको हो र ? त्यसको लागि आन्दोलन भएन र ? हामीले भीख माँगेर उहाँहरुले दिनुभएको र, त्यसैले धाक लगाएर कुरा नगरे हुन्छ ?’

उनले संविधान कार्यान्वयनको लागि पनि मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्ने आवश्यकत्ता भएको उल्लेख गर्दै त्यसलाई सबै दलहरुले महशुस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । चुनाव सबै दलहरुको लागि साझा मिलनविन्दु भएकोले एमाले नेतृत्वले पनि सोही अनुरुपको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । मन्त्री नायकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वदायी भूमिकाबाट पन्छिन नमिल्ने बताए ।

उनले संविधान संशोधन प्रस्तावलाई लिएर माओवादी केन्द्रकै नेताहरुको असन्तुष्टी छ भनेर बाहिर हल्ला भएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । मन्त्री नायकले थपे,‘हाम्रो पार्टीमा कुनै विवाद छैन, कोही टोपबहादुर सोपबहादुरको विरोध छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट