२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले प्रचण्डलाई भने – ‘तपाईको अनुहार हेर्न पनि मन छैन’

१६ मंसिर २०७३, बिहीबार १०:१९

मंसिर १६, काठमाडौं । संविधान संशोधनको विरोध गर्दै आज एमाले सांसदहरुले व्यवस्थापिका संसदमा उभिएर अवरोध गरे । यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै संसदहरुलाई हेरिरहे । यसपछी संसद बैठक स्थगित भएको सभामुख ओनसरी घर्तिले घोषणा गरिन । 

त्यसपछी प्रचण्ड नजिकै भएका एमाले अध्यक्ष केपी ओली भएतर्फ लागे । त्यसपछी प्रचण्डले ओलीलाई केहि कुरा भन्दै गरेको देखियो । त्यतिखेर ओलीलाई प्रचण्डले ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए । तर, एमाले अध्यक्ष ओलीले प्रचण्डलाई ठाडो जवाफ फर्काए – ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भने । त्यसपछी ओलीको अभिव्यक्ति सुनेर नजिकै भएका सांसदहरु गलल्ल हाँसे ।

प्रधानमन्त्रीले पनि ओलीको रुखो अभिव्यक्तिलाई खासै वास्ता नगरी समस्या समाधान गर्न गम्भीर रहेको बताए । ओलीले फेरी जवाफ दिए – ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस् ।’ 

संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोलेका थिए । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको गौतमले आरोप लगाए । त्यस्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरे । त्यसपछि संसदमा एमालेले होहल्ला मच्चाउन सुरु गर्यो । त्यसपछि संसद बैठक १७ गतेसम्मका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ