मङ्सिर १७, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १७, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित "/>
2026-07-09 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव परिमार्जन भए मोर्चाले समर्थन गर्छ: ठाकुर

2016-12-02

मङ्सिर १७, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने,‘सरकारले प्रस्ताव पारित हुने आधारहरु दिनुपर्छ, सिमांकनमा ५ जिल्लाबारे राज्य पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन अनुसार समस्या समाधान हुनुपर्छ, यदि त्यसो भयो भने हामी प्रस्ताव पारित गराउन समर्थन गर्छौं, होईन भने यथास्थितिमा यो प्रस्ताव स्विकार गर्न हामीलाई गार्हो परेको छ ।’

उनले अहिले आएको प्रदेशको सिमांकनसम्बन्धी संशोधनले आफूहरुको माग सम्बोधन नगरेको भन्दै त्यसलाई आफूहरुले भनेबमोजिम परिमार्जन गर्नुपर्ने जिकिर गरे । अन्तरिम संविधानमा किटेरै मधेशीहरुको चाहना अनुरुप संघको विषयमा र स्वायत्त प्रदेशको विषयमा मधेशमा स्वायत्त प्रदेश बन्नेछ र त्यो प्रदेश अधिकार सम्पन्न हुनेछ भनेर लेखिएको उल्लेख गर्दै ठाकुरले थपे,‘तर अहिले आएको सिमांकन संरचनासम्बन्धी संशोधन प्रस्तावले यसको सम्बोधन गरेको छैन, बरु यहाँ त सत्ताधारी र सत्ताका दाबेदारहरुले आफ्नो वर्चस्व र प्रभुत्व कायम गर्दै सिमा रेखा कोरेको छ, यो बदल्न आवश्यक छ ।’

संविधान संशोधनसम्बन्धी मोर्चासँग सहमति गरेर पटक–पटक प्रस्ताव ल्याउँछु भनेको तर त्यो अनुसार नआएपछि आफूहरुले मिति नै तोकेर १५ दिनको अल्टिमेटम दिएर चाँडोभन्दा चाँडो प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरेको उल्लेख गर्दै नेता ठाकुरले भने,‘त्यतिवेला चार वटा विषयमा संशोधन आउँछ भन्ने कुरा मात्रै भनिएको थियो, अपर हाउससम्बन्धी संशोधन आउँछ, भाषासम्बन्धी संशोधन आउँछ, सिमांकनसम्बन्धी संशोधन आउँछ, यी कुराहरुमा संशोधन आउँछ भनिएको थियो, कन्टेन्टमा के–के संशोधन आउँछ भनेर भनिएको थिएन, तर यसको बारेमा पछि हल्ला गरियो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वयम आफूहरुको सहमति लिनको लागि गठबन्धनको बैठक बोलाईएको हो भनेर आफूहरुसँग भनेको स्मरण गर्दै थपे,‘उहाँले संशोधनका कन्टेन्टको विषयमा अहिले सहमति सम्भव छैन, आएपछि संशोधनको अवस्था रहन्छ, तपाईहरुले आफ्नो कुरा भन्ने अवस्था रहन्छ भनेर यतिसम्म उहाँले भन्नुभएको थियो, तर कन्टेन्टको बारेमा उहाँले केही भन्नुभएको थिएन् ।’

उनले स्वयम प्रधानमन्त्री प्रचण्डले पनि अहिले संशोधन प्रस्तावले मोर्चाका सबै मागहरुलाई सम्बोधन गरेको छैन भनेर भनिरहेको उल्लेख गर्दै थपे,‘उहाँले स्वयम यो संशोधन प्रस्तावले सबै मागहरु सम्बोधन गर्दैन भन्नुभएको छ, कतिपय मागहरुलाई मात्रै अगाडि ल्याएर संशोधन प्रस्ताव प्रस्तुत गरिएको हो भन्ने भनाई छ ।’

उनले यथास्थितिमा उक्त प्रस्तावलाई मोर्चाले स्विकार गर्न अप्ठ्यारो महशुस गरिरहेको जानकारी दिए । उनले अघि थपे,‘यो प्रस्ताव परिमार्जन भएपछि यसलाई विचार गर्छौं, परिमार्जन सही रुपमा आउँछ भने हामी सकारात्मक रहन्छौं ।’ उनले प्रदेशको सिमांकनको विवाद समाधानको नाममा एउटा जिल्लालाई डिभाईड गर्न हुने तर अरु जिल्ला जुन विवादित छन् तीनीहरुलाई आयोगको प्रतिवेदन अनुसार किन डिभाईड गर्न नहुने भन्दै प्रश्न तेर्साए ।

त्यस्तै ठाकुरले भाषाको विषयमा अहिलेको संशोधन प्रस्ताव अपूरो रहेको स्पष्ट पारे । उनले अघि थपे,‘भाषालाई मात्रै अनुसुचिमा राख्दैमा चाहीँ, राष्ट्रिय भाषा त सबै छ, तर उसको प्रयोग कसरी हुने हो, कुन रुपमा हुने हो ? कति भाषालाई हामी सरकारकी कामकाजको भाषाको रुपमा राख्ने हो ? त्यो सबै कुरा प्रष्ट हुनुपर्छ ।’ उनले अहिले ल्याईएको संशोधन प्रस्तावले पनि भाषाको समस्या समाधान नहुने जिकिर गरे । ठाकुरले भाषा र संस्कृतिमा पनि ठूलो विभेदको खाडल रहेको ईंगित गर्दै संविधानले नेपालको भाषा र संस्कृतिको विविधतालाई अंगाल्न नसकेको आरोप लगाए ।

उनले मोर्चाको तर्फबाट आफूहरुले सरकारलाई संशोधन प्रस्ताव परिमार्जन हुनुपर्छ भनेर आफ्नो तर्फबाट विषयहरु राखिसकेको स्पष्ट पारे । उनले आफूहरु अझैपनि आशावादी भएर नै अघि बढिरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो