मङ्सिर १७, इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १७, इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव आएको हो: देउवा

१७ मंसिर २०७३, शुक्रबार १३:०५

मङ्सिर १७, इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताएका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले अघिल्लो पटक संविधान संशोधनपछि उब्जिएका असहज परिस्थितिको विश्लेषण गर्दै यसअघि नै पुनः संविधान संशोधन गर्ने प्रस्तावमा मधेसवादी दल तथा अन्य आदिवासी जनजातिलगायतका क्षेत्रबाट अडान दोहोरिएपछि एमालेसँग संशोधनको सहमति बनेको दाबी गरे । 

सभापति देउवाले आफैंले बनाएको संविधानका विषयमा उब्जिएका तिक्ततालाई मिलेर समाधान गराउनै पर्ने बाध्यात्मक अवस्था रहेको बताए । संविधानमा व्यवस्था भएअनुसार तोकिएकै समयमा तीनवटा निर्वाचन गर्न नसके संविधानको औचित्य समाप्त भई देश असफल हुने अवस्थाबाट जोगाउन पनि सवै राजनीतिक दल एकठाउँमा नउभिई सुखै नभएको उनको भनाइ थियो । 

सोही अवसरमा सभापति देउवाले प्याब्सनमा रहेर महत्वपूर्ण योगदान गरेको भन्दै प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठ तथा भरत श्रेष्ठ, निरज नेपाल ,बाबुराम पोख्रेल, राजेश श्रेष्ठ र चरीबा भनेर चिनिएका जीवनाथ पोख्रेललाई दोसल्ला ओढाएर सम्मान गरे । 

कार्यक्रममा नेताहरू फरमुल्ला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की मीनकुमार विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, सांसद रेवतीरमण भण्डारीलगायतले शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताए । 

यसैबीच सभापति देउवालाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर १ ले धरान क्षेत्रको समग्र विकाससँगै प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । 

आदिवासी जनजातिको सघन बसोवास रहेको पर्यटकीय क्षेत्र भएकाले यस उपमहानगरपालिकाभित्र प्रान्तीय राजधानी बनाउन प्रस्ताव गरिएको क्षेत्रीय समितिले जनाएको छ । 

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले धरानवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आफूले गम्भीरतापूर्वक लिएर हेर्ने र समस्याको निकासका लागि आफ्नो तर्फबाट सक्दौ पहल गर्ने विश्वास  दिलाए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ