मङ्सिर १७, इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १७, इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको "/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव आएको हो: देउवा

२०७३, १७ मंसिर शुक्रबार १३:०५

मङ्सिर १७, इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताएका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले अघिल्लो पटक संविधान संशोधनपछि उब्जिएका असहज परिस्थितिको विश्लेषण गर्दै यसअघि नै पुनः संविधान संशोधन गर्ने प्रस्तावमा मधेसवादी दल तथा अन्य आदिवासी जनजातिलगायतका क्षेत्रबाट अडान दोहोरिएपछि एमालेसँग संशोधनको सहमति बनेको दाबी गरे । 

सभापति देउवाले आफैंले बनाएको संविधानका विषयमा उब्जिएका तिक्ततालाई मिलेर समाधान गराउनै पर्ने बाध्यात्मक अवस्था रहेको बताए । संविधानमा व्यवस्था भएअनुसार तोकिएकै समयमा तीनवटा निर्वाचन गर्न नसके संविधानको औचित्य समाप्त भई देश असफल हुने अवस्थाबाट जोगाउन पनि सवै राजनीतिक दल एकठाउँमा नउभिई सुखै नभएको उनको भनाइ थियो । 

सोही अवसरमा सभापति देउवाले प्याब्सनमा रहेर महत्वपूर्ण योगदान गरेको भन्दै प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठ तथा भरत श्रेष्ठ, निरज नेपाल ,बाबुराम पोख्रेल, राजेश श्रेष्ठ र चरीबा भनेर चिनिएका जीवनाथ पोख्रेललाई दोसल्ला ओढाएर सम्मान गरे । 

कार्यक्रममा नेताहरू फरमुल्ला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की मीनकुमार विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, सांसद रेवतीरमण भण्डारीलगायतले शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताए । 

यसैबीच सभापति देउवालाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर १ ले धरान क्षेत्रको समग्र विकाससँगै प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । 

आदिवासी जनजातिको सघन बसोवास रहेको पर्यटकीय क्षेत्र भएकाले यस उपमहानगरपालिकाभित्र प्रान्तीय राजधानी बनाउन प्रस्ताव गरिएको क्षेत्रीय समितिले जनाएको छ । 

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले धरानवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आफूले गम्भीरतापूर्वक लिएर हेर्ने र समस्याको निकासका लागि आफ्नो तर्फबाट सक्दौ पहल गर्ने विश्वास  दिलाए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी