2026-07-09 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर

2016-12-03

मङ्सिर १८, काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयन गरेर जानका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री दाहालले सरकारले केही दिनमै चुनावको घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभएको थियो । बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि सबै दलसँग थप छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री दाहालले संशोधनमा सबै दलको सहमति जुटाउन सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सङ्घीय गठबन्धनसँग निरन्तर संवादमा रहेको बैठकमा जानकारी दिनुभएको थियो । उहाँले संशोधनमा मधेसी दल सहमतिमा आउने आफूले विश्वास लिएको बताउनुभयो । 

संशोधन प्रस्तावविरुद्ध देशका विभिन्न भागमा चलेको आन्दोलनका बारेमा समेत आजको बैठकमा समीक्षा भएको थियो । 

बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको थियो । पार्टीको सङ्गठनात्मक संरचनाका विषय छिटो टुङ्ग्याउनुपर्नेमा बैठकमा सहभागी नेताहरुले जोड दिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो