मङ्सिर १९, काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, नत्र मुडभेट हुन्छ: रायमाझि

१९ मंसिर २०७३, आईतवार ०९:४३

मङ्सिर १९, काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन् ।

आईतबार रिपार्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रायमाझिले संबिधान संशोधनको प्रस्तावले देशलाई विखण्डनमा लैजाने, दन्द्ध बढाउने, गतिहिनता तिर लैजाने र दलहरूको बिचमा अन्तर विरोध बढाउने र संसदबाट पारित हुने कुनै पनि सम्भावना नरहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई तत्काल फिर्ता लिएर देशमा निम्तिन लागेको मुडभेटलाई रोक्नुको विकल्प नरहेको बताए ।

नेता रायमाझिले भने,‘राष्ट्रिय सहमति नगरि सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो यो प्रक्रिया गलत थियोे, मैले प्रधानमन्त्रीलाई भनेको थिए, राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि सारौ नभए यसले हामीलाई असफल घोसित गरि दिन्छ ।’

उनले अघि थपे,‘अर्को विडम्बना आन्दोलन जुन ठाउँमा भएको थियो त्यो ठाउँको लागि संशोधन नल्याएर कुनै पनि विवाध नभएको अर्थात प्रदेश नं. ५ लाई संशोधनको मुल मुद्धा बनाएर प्रस्तावलाई जोड्दा यो अस्थिर स्थिति आईलागेको हो, सरकारले प्रस्तावलाई प्रस्तावकै रुपमा मात्रै ल्याएको र मधेशका मुद्धामाथि न्याए भयो भने केही छैन्, अन्तत जे भए पनि यो प्रस्ताव कुनै पनि हालतमा सफल हुँदैन, जनता देखि हामी जन प्रतिनिधिसम्म यस प्रस्तावको बिपक्षमा छौ ।’

संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सिन सम्भावना नरहेको बताउदै उनले भने,‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी काग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नं प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन् ।’

प्रदेश नं. पाँचमा हाल चलिरहेको आन्दोलन र उत्पन्न जटिलता अनि संशोधन प्रस्तावको बारेमा बोल्ने क्रममा नेता रायमाझिले ईतिहासमै पहिलो र नयाँ रुपको आन्दोलन भएको भन्दै, यो आन्दोलनलाई कुनै राजनीतिक दल र विषेश नेताको स्वार्थसँग नजोड्न सबैलाई आग्रह गरे ।

उनले अघि थपे भने,‘पाँच नं. प्रदेशलाई टुक्राउने हो भने अरु प्रदेशले पनि आवाज उठाउँने छन्, झनै बिवाद बढ्ने छ, त्यसैले सरकार यसमा गम्भिर हुन सक्नुपर्छ, लाखौ जनता नेपालको झण्डा बोकेर आन्दोलनमा उत्रेका छन्, जनताको भावना विपरित जान कसैलाई पनि अधिकार छैन्, त्यहाका जनता सबै पेशा व्यवसाय बन्द गरेर अखण्ड प्रदेशको लागि सडकमा आएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल