प्रेम सुनार/मंसिर २०, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२/०६३ को १९ दिने जनआन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मंसिर २०, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२/०६३ को १९ दिने जनआन्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी आन्दोलनको जनउभार ०६२/६३ को जस्तै (फोटोफिचर)

२० मंसिर २०७३, सोमबार १३:०२


प्रेम सुनार/मंसिर २०, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२/०६३ को १९ दिने जनआन्दोलनको झल्को मेटाउने खालको देखिएको छ ।

तम्घासको वालमन्दिर प्राङ्गणमा आयोजन गर्ने भनिएको विरोध सभा त्यहाँ  सहभागिताको एक तिहाई मानिसहरु पनि अट्न नसक्ने भए पछि महन्द्र माध्यामिक विद्यालयको मैदानमा सार्नु परेको थियो । 

तम्घासका पुरै विद्यालय र क्याम्पसका  विद्यार्थी, शिक्षक वुद्धिजिवी, नागरिक समाज, उद्योगी व्यवसायी ,सामाजिक संघ संस्था, दलका कार्यकर्ता सहित हजारौंको सख्यामा सहभागिता रहेको  विशाल विरोध प्रदर्शनको ¥याली तम्घास वजार परिक्रममा गर्दा धेरैले १९ दिने जनआन्दोलनका जनउभार संग दाँजेका थिए । 


सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालले लगायत सवै दलले संयुक्त रुपमा अगुवाई गरेको विरोध प्रदर्शनमा सरकारलाई गाली गर्ने र चेतावानी दिने बढि मात्रमा सत्तारुढ दलकै नेता कार्यकर्ताहरु धेरै थिए । 

नेकपा एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित विशासल विरोध सभामा वक्ताहरुको सख्या आवश्यक भन्दा बढि थियो । विरोध सभामा चर्चित गायक बैकुण्ठ महत , असिम महत, सन्तु थापा, तुल्सीङ्ग रनपछाई ,सहित लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीका कलाकारहरुले मनोरञ्जन प्रदान  जनवादी गीतका माध्यमद्धारा ५ नम्वर प्रदेश टुक्राउन नहुने माग  गरेका थिए । 


कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सचिव खिलध्वज पन्थी, नेकपा एमालेको तर्फबाट कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादीको तर्फबाट जिल्ला संयोजक विरबहादुर कार्की लगायतका  विभिन्न दलका नेता, र  विद्यार्थी र भातृ संगठनका नेपाली कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल र गुल्मी उद्योग वाणिज्य संघका सचिव विरेन्द्र भुसालको सञ्चालन रहेको थियो ।

 हेरौ तस्वीरमा विशाल जन प्रर्दशनका केहि झलकहरु : 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव