पर्वत । जिल्लाको कुश्मा नगरपालिका ६ दुर्लुङमा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको कुश्मा नगरपालिका ६ दुर्लुङमा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेक"/>
२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुर्लङमा काँग्रेस र एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेको लर्को

२०७३, २८ मंसिर मंगलवार १३:११

पर्वत । जिल्लाको कुश्मा नगरपालिका ६ दुर्लुङमा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेकोध छ । मंगलबार दुर्लुङमा भएको वडा कमिटि गठन कार्यक्रममा काँग्रेस र एमालले परित्याग गरी माओवादीमा प्रवेश गर्नेको लर्को लागेको हो । माओवादीमा प्रवेश गरेकाहरुलाई केन्द्रिय सदस्यहरु ढाकाराम गौतम सन्देश,दिपक आचार्य, मनरुपा सुवेदी, कुश्मा नगर संयोजक शंंकर गिरी, जिल्ला सचिवालय सदस्य लालबहादु्र तमू, महिला सचिवालय सदस्य खिम कुमारी शर्मा, शालिकग्राम शर्मा र वडा अध्यक्ष भिम प्रसाद पाध्याले टिका र फुलमालाले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै ढाकाराम गौतमले देशको विकास र निकासको लागि माओवादीनै उत्तम रहेको बताए । उनले पछिल्लो समयमा प्रचण्ड सरकारले गरेका सकरात्मक कार्यलाई प्रतिपक्षले नकरात्मक रुपमा फैलाएर सरकारको बदनाम गर्न लागि परेको आरोप लगाए । माओवादी सरकारले देशलाई लोडसेडिङ मुक्त बनाउनको लागि चालेको कदमलाई विफल बनाउनको लागि एमाले सक्रिय रहेको भन्दै राष्ट्रबादको नाममा कथित राजनीतिक गरेको उनले आरोप लगाए ।

प्रचण्ड सरकारले सिमांकनको फेरबदल सहितको संविधान संशोधन गरी मोर्चालाई सरकारमा ल्याउन र संविधान कार्यान्वयन गराउनको लागि हेरफेरको योजना बनाएता पनि तीन शीर्ष दलहरुविच पहिलेनै भएको सहमति र सम्झौतालाईनै अगाडि बढाएको बताए । उनले सिमांकनको नामा सडक र सदन अबरोध गर्दैमा देशले निकास नपाउने भन्दै सहमति आउनको लागि आवश्यक बताए ।

क्रान्तिकारी महिला संघकी अध्यक्ष मनरुपा सुवेदीले महिला तथा दलितको हक अधिकारको लागि नेकपा माओवादी केन्द्र लड्दै आएको भन्दै सवै एक हुन आवश्यक रहेका बताइन् । १० बर्षे जनयुद्ध र त्यसको राजनीतिक परिर्वतनसँगै अन्त्य हुदै गएको छुवाछुत प्रथाका साथै महिला शसक्तिकरण हुनुमा पनि माओवादीको हात रहेका बताइन् ।

केन्द्रिय सदस्य दिपक आचार्य र केन्द्रिय सदस्य तथा कुश्मा नगरपालिका संयोजक शंकर गिरीले  सर्वहारा बर्गको पार्टी माओवादी केन्द्र भएको बताए । दलित, महिला, अपाङ् तथा जनजातिको हक र अधिकारको लागि हिजो देखि लागि परेको भन्दै सवै एक हुनुको विकल्प नरेको बताए । सवै एक हुन सकेमा मात्रै १० बर्षे जनयुद्ध र त्यसपछिको उपलब्धी साकार हुने उनीहरुको जोड थियो ।

पार्टी प्रवेश गर्नेमा राजकुमारी विक, विष्णु कुमारी परियार , चन्द्र कुमारी विक, लालकुमारी विक, सविता विक, रिता सुनार, खिमकुमारी शर्मा, डिलमाया सुनार, अमृता सुनार, सिर्जना सुनार, इन्दिरा विक, देवि परियार छन् । त्यस्तै भद्री परियार, बल बहादुर विक, गणेश सुनार, विदुर सुनार, पूर्णबहादुर परियार, भिमबहादुर परियार, जसबहादुर सुनार, चन्द्र बहादुर सुनार, दिपक सुनार, सन्तोष सुनार, लक्ष्य विक, मनिषा सुनार, सिता विक, थकाली परियार, सेते सार्की, धनलाल बस्याल, समिता परियार रहेका छन् ।

सोही भेलाले लक्ष्मी दर्जीको नेतृत्वमा १३ सदस्यीय महिला वडा कमिटी समेत गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा लालकुमारी दर्जी, सचिवमा देवि परियार, कोषाध्यक्षमा चन्द्र कुमारी विक रहेका छन् । त्यस्तै सदस्यहरुमा राजकुृमारी विक, मनिषा सुनार,रिता सुनार, अमृता सुनार, सिर्जना सुनार, इन्दिरा सुनार,सविता विक, भद्र परियार र डिलमाया विक रहेका छन् ।

त्यस्तै उक्त भेलाले चन्द्र बहादुर सुनारको नेतृत्वमा वडा दलित कमिटि समेत गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश सुनार, सचिवमा देवि परियार, कोषाध्यक्षमा सेते सार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्ते सुनार, दिपक सुनार, पूर्ण बहादुर परियार, थकाली परियार, डल्ले सार्की, जोखे सुनार, बलबहादुर सुनार, भीमबहादुर नेपाली, धनिलाल सार्की र रुद्र बहादुर सार्की रहेका छन् ।

भेलाले भिमराज पाध्याको नेतृत्वमा नेकपा माओवादी केन्द्र वडा ६ कमिटि गठन गरेको जसको उपाध्यक्षमा सेते सार्की, सचिवमा लक्ष्मी पूर्जा, कोषाध्यक्षमा चन्द्र बहादुर सुनार, सहसचिवमा गणेश सुनार रहेका छन् । भेललाले ३१ सदस्यीय वडा कमिटि गठन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ