मङ्सिर २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पयर्टन मन्त्री शाही अस्ट्रेलिया प्रस्थान

२९ मंसिर २०७३, बुधबार ०४:५७

मङ्सिर २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ प्रस्थान गर्नुभएको छ । 

मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिवलको प्रमुख अतिथिका रुपमा पर्यटनमन्त्री शाही गएराति अस्ट्रेलिया जानुभएको हो । उहाँका साथमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महर पनि अस्ट्रेलिया जानुभएको छ । मन्त्री शाहीले आजै ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नेपालको संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले प्रस्थान अघि बताउनुभयो । 

“सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियामा फेस्टिवलको आयोजना गरिनु अत्यन्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धिसमेत हो,” मन्त्री शाहीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार सुनिल सापकोटाले राससलाई जानकारी दिनुभयो । 

नेपाल फेस्टिवलमा भिक्टोरियाका बहुसंस्कृति तथा अर्थमन्त्री रबिन स्कट पनि विशेष अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएका छन् । त्यहाँ रहँदा मन्त्री शाहीले केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नसक्ने सम्भावना रहेको छ । मन्त्री शाही २१ डिसेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ