३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विधयक फिर्ता लेऊ – नेता केसी

३० मंसिर २०७३, बिहीबार १०:५२

मंसिर ३०, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । 

प्रगतिशील पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विधेयक पारित नहुने जिकिर गर्नुभयो । 

“संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण छ, यसलाई सच्चाउनुपर्छ”, नेता केसीले भन्नुभयो – “सरकारले यसलाई तुरुन्त फिर्ता लिओस्, नत्र मुलुक झन सङ्कटमा फस्छ ।” विधेयकमा समावेश भएका बुँदाले राष्ट्रियता कमजोर पार्ने तर्क गर्दै उहाँले त्यसलाई जनताले अस्वीकार गर्नेमा जोड दिनुभयो । 

संशोधनमा उल्लेखित प्रदेश नं ५ को विभाजन, अङ्गीकृत नागरिकता, भाषालगायतका विषयले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्ने पनि नेता केसीले बताउनुभयो । 

आफू र आफ्नो पार्टी सङ्घीयता खारेजीको मुद्दामा अडिक रहेको र अन्य दल पनि सङ्घीय प्रणालीमा निर्वाचन गर्न असम्भव देखेपछि पुरानै संरचनामा फर्कन सहमत भएको उहाँले बताउनुभयो । 

“हामीले विगत आठ वर्षदेखि सङ्घीयता विरोधी आन्दोलन चलाइरहेका छौँ, नेपाली जनताले सङ्घीयता चाहँदैनन् भन्ने कुरा प्रदेश नं ५ को आन्दोलनले प्रमाणित गरेको छ” – नेता केसीले भन्नुभयो । 

आफूहरु सङ्घीयता नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको पक्षमा रहेको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ