पुस ९, सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । 

प्रेस से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । 

प्रेस से"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ हटाएर नेपाललाई उज्यालो बनाउछु: मन्त्री शर्मा

९ पुष २०७३, शनिबार ११:२४


पुस ९, सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । 

प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले अब लोडसेडिङको तालिका नबनाउने र ‘बत्ती कतिबेला आउछ’ भनेर तालिका हेर्ने दिनको अन्त्य हुन लागेको बताए । 

मन्त्री शर्माले नेपालको पानीमा जनताको लगानी भए नेपाल चाँडै समृद्ध हुने बताउँदै नेपालको व्यापार घाटा, बेरोजगारी र गरिबीलगायतका समस्या नेपालको पानीको सदुपयोग गरे मात्रै समाधान हुने धारणा व्यक्त गरे । 

नेपालका धेरै जलाशय त्यतिकै बगेर गइरहेको भन्दै उनले  लगानीको सुरक्षा गर्ने हो भने खेर गएको पानीको सदुपयोग भई नेपाल समृद्ध राष्ट्र बन्ने भएकाले यस कार्यमा लाग्न सम्बन्धित सबै पक्षसंग आग्रह गरे । 

मन्त्री शर्माले जनताले परिर्वतनको महसुस गर्ने गरी सरकारले काम गरिरहेको चर्चा गर्दै उज्यालो नेपाल बनाउनका लागि पूर्वधार निमार्ण र ऊर्जा क्षेत्रका सङ्कट समाधानतर्फ आफू लागेकाले यसमा जनताको सहयोग पाउने बताए । 

सरकारले सबैको सहमतिमा संविधान संशोधनको प्रस्ताव पेस गरेको भए पनि प्रतिपक्षले सहयोग नगर्दा संविधान कार्यान्यवनमा समस्या आएको बताउँदै उनले देशको विकासका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताए । 

मन्त्री शर्माले राजनीतिक स्थिरता बिना मुलुकको विकास र परिवर्तन सम्भव नहुने भएकाले यस विषयमा दलहरु गम्भीर बन्नुपर्ने बताउँदै मुलुकमा बसोवास गर्ने सबै समुदाय र क्षेत्रको एकताले मात्र स्थिरता आउने धारणा व्यक्त गरे । 

खिम्ती ढल्केवर २२० केभि प्रशारण लाइनको निरीक्षण तथा ‘कोखाजोर हाइड्रो पावर’को सम्भाव्यता अध्ययनका लागि आफूले स्थलगत अवलोकन गर्ने पनि उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड